अनौठो माया लिएर आए बिक्रम र दीपीका
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २०:१२:४६
९ चैत, काठमाडाैं । चैत्र १८ गते प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समाबेश ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीत मंगलबार राजधानी आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।
गीतमा अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् ।
प्रेसमिटमा निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरुले न्युनतम ब्यबसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु बिचलीत नभएको,बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताए ।
कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताइन् । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए ।
उनले भने,‘हाम्रो फिल्ममा नेपाल, भारत र युके,तीन देशका प्राबिधिकको मिहीनेत परेको छ । दर्शकसामु उच्च कोटीको फिल्म प्रस्तुत गर्नका लागि हामीले अत्यन्तै मिहीनेत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’ अभिनेता बिक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही फिल्मको प्रमोशनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौ झरेका हुन् ।
कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो फिल्म पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन् । नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन् । आइएनएस हल,गोंगबुमा आयोजीत कार्यक्रममा फिल्ममा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।
बेलायत र काठमाडौमा खिचिएको फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा,बिभिया श्रेष्ठ, सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त,मनोज केसी, ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
सुदीप कुँवर र मार्लाेभ ढुंगाना मुख्य सहायक निर्देशक रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा,सम्वाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
हेर्नुस् गीत :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार