बन्द इजालसमा पल र उनका म्यानेजरको बयान सकियो, थुनछेक बहस सुरू
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २२:३४:३२
९ वैशाख, तनहुँ । नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगको बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगको बयान आज सकिएकाले आजै बहस सुरु भएको हो ।
बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस चलिरहेको उनले बताए ।
‘जाहेरवालाको तर्फबाट पाँच जनाले बहस गरिसक्नुभएको छ,’ उनले भने । जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, कानुन व्यवसायी शिवराज काफ्ले लगायत कानुन व्यवसायीले बहस गरेका छन् ।
प्रतिवादीकातर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको कुवँरले जानकारी दिए । तनहुँकै कानुन व्यवसायी भानुभक्त सुवेदी, यदु खनाल लगायतले बहस गर्ने जनाएका छन् । स्रेस्तेदार कुवँरका अनुसार सम्भवत बुधबार बहस सकिँदैन् । ‘बहस नसकिन्जेल वकालतनामा दर्ता गराएर कानुन व्यवसायी अझै थपिन सक्नेछन्,’ उनले भने ।
सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गरेपछि शाहको बयान लिएको थियो । मतियारका रुपमा प्रयोग भएका उनका म्यानेजर जोशीको भने बुधबार बयान सकेर बहस सुरु भएको हो ।
दुवै पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालतले थुनछेक आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् ।
१२ देखि १४ बर्ष कैद सँजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनको आधारमा पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सँजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई पनि आधा सँजायको माग गरिएको छ ।
पल शाहविरुद्ध ११ फागुनमा तनहुँ उजुरी परेको थियो । नवलपुर जिल्ला अदालतमा पनि गत विहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार