सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २३:१९:४०
९ चैत, काठमाडौं । अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौंमा भएको पाँचौं संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप भुसाल र सृष्टि महर्जनले जितेका छन् । ‘मिस्टर नेपाल टिन’को उपाधि मन्दिपले चुम्दा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।
‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि भुसालले कोलम्बियामा हुने एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सेकेण्ड रनर अप शिवानी कापरले ‘मिस वर्ल्ड हेरिटेज’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
विधागत उपाधितर्फ सृष्टि महर्जन ‘मिस ट्यालेन्ट’, शिवानी कापर ‘मिस मल्टिमिडिया’, सृष्टि भुसाल ‘पिपुल्स च्वाइस’ र ‘मिस इन्टलेक्चुअल’, सदीक्षा खनाल ‘मिस फोटोजेनिक’, सञ्जना भण्डारी ‘मिस क्याटवाक’ र ‘मिस कन्फिडेन्ट’ र याशिका सिंह ‘ब्युटि विथ पर्पस’ भए ।
त्यसैगरी किशोरतर्फ निशान वाइवा ‘मिस्टर ट्यालेन्ट’ र ‘पिपुल्स च्वाइस’, प्रयास ओझा ‘मिस्टर मल्टिमिडिया’, प्रकाश बोहोरा ‘मिस्टर फोटोजेनिक’, रिशु शाह ‘मिस्टर मोडल’, मन्दिप भुसाल ‘वेस्ट वाक’ र राम एक्वाल यादव ‘हेन्डसम विथ पर्पस’ बने ।
प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर महेश केसी, ‘मिस नेपाल युनिभर्स २०१९’ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, फिल्म निर्माता देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रतिमा कार्की, वकिल तथा सर्वोच्च अदालतकी अधिकृत संगीता नापित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार