नेपालमा एक लाख १७ हजार क्षयरोगका बिरामी, ४० हजार अझै उपचार बाहिर
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १२:३०:२०
१० चैत, काठमाडौं । नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४÷७५ ले नेपालमा वार्षिक रुपमा क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको हो । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको आर्थिक वर्षका २०७७÷७८ को तथ्याङ्क अनुसार नेपालमा २८ हजार ६७७ जना क्षयरोग बिरामी उपचारमा दर्ता भएका छन् ।
क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा अझै प्रति वर्ष झण्डै ४० हजारभन्दा बढी मानिसहरुको रोग पत्ता लागेको र उपचारको दायरामा ल्याउन आवश्यक रहेको छ ।
सो सर्वेक्षणले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी रहेका छन् । १६ हजार बिरामीको मृत्यु हुने अनुमान उक्त सर्वेक्षणले गरेको छ । केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ९१ प्रतिशत क्षयरोगीहरुको सफल उपचार हुने गरेको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४१८ जना उपचारमा दर्ता भएका थिए ।
यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागि उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा १६ सय ३१ जना व्यक्तिहरुको रोग पत्ता लागि उपचारमा ल्याउन झनै चुनौती देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । जसमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बच्चाहरु थिए । क्षयरोग नियमित उपचारल निको हुने रोग भएतापनी वर्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
चिकित्सका अनुसार क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो ।
कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । बर्डन अफ टिबी ईन नेपालको तथ्याङ्क अनुसार नेपालमा मृत्यु हुने काराणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ । उक्त तथ्याङ्कमा नेपालका आधा जनसंख्या क्षयरोगबाट पीडित छन् ।
नेपालमा प्रत्यक दिन १९१ जना बिरामी थपिनुका साथै ४४ जनाको मृत्यु हुने अनुमान बर्डन अफ टिबी ईन नेपालको तथ्याङ्कमा देखाएको छ । २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइँदै आएको छ ।
सरकारले यो वर्ष पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन लागिएको हो । यो वर्षको नारा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाआँ जीवन बचाऔँ’ भन्ने रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार