सुनकोसीको पानीः पाँचखालका सात हजारको घरमा
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २२:२०:२२
१० चैत, काभ्रेपलाञ्चोक । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्ररूपमा अघि बढेको छ । निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ । पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको हो ।
कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण केही समय पर धकेलिएको आयोजनाको कामलाई तीव्र पारिएको छ । नगरमा खानेपानीको व्यवस्थाका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदी किनारमा इनार निर्माणका साथै लिफ्टिङ प्रविधि जडान पानी तान्ने व्यवस्था गरिएको छ ।
हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको समितिका अध्यक्ष कुमार लामछिानेले बताए । उनका अनुसार आयोजनाको भौतिक पूर्वाधारको काम ६० प्रतिशत भइसकेको छ ।
कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पु¥याएका कारण आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयवासीका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो ।
परियोजनाका लागि २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।
आयोजना विसं २०७९ पुस महिनाभित्रै पूरा गर्नुुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको काम नेपाली कम्पनी कन्काइ विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे ‘ज्वाइन्ट भेन्चर’ले गरिरहेका हुन् । निर्धारित समयसीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबै परिचालन भइरहेका जनाइएको छ ।
अध्यक्ष लामिछानेका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट ९फ्लोकुलेटर दुई, प्लेन सेडिमेनटेसन ट्याङ्की दुई, ¥यापिड–स्याण्ड फिल्टर एक, प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन १८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू, सरसफाइका संरचनाहरू र दुई शौचालय निर्माण भइरहेका छन् ।
उक्त आयोजनाका लागि रु दुई अर्ब २१ करोडको लागत अनुमान गरिए निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने ठेक्का सम्झौता गरेको थियो । सम्झौता शर्तअनुसार कूल लागतको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार