पल शाह प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २३:६:४६
१० चैत, तनहुँ । नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।
उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए । तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो ।
बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो ।
सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार