जनजाति महासंघको अध्यक्षमा शेर्पा र महासचिवमा राई विजयी
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १५:८:४०
११ चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धबाट शेर्पा अध्यक्ष बनेका थिए ।
उनले माओवादी केन्द्र र जनता समाजवादीबाट उम्मेदवार बनेका सोनाम लामालाई पराजित गरेका हुन् । शेर्पाले ४४ मत ल्याउँदा लामाले ८ मत मात्रै पाए।
नवलपरासीमा उद्घाटन भएको १० औं महाधिवेशनमा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो ।
महासचिवमा पनि कांग्रेस–एमालेकै गठबन्धनबाट दिवस राई निर्वाचित भएका छन् । उनले ३६ मत ल्याएर माओवादी–जसपाका उम्मेदवार सुकविर थामीलाई पराजित गरेका छन् ।
अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरु जिमी र श्रुति कुमाल रहेका छन् ।
त्यस्तै एक उपहासचिवमा रामकृष्ण लामा निर्विरोध निर्वाचित भएका छन् । सचिव पनि सबै निर्विरोध निर्वाचित भएका छन् ।
सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्वाचित भएका छन् । कोषाध्यक्षमा विमल सारु र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार