दोर्दी बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १६:३९:८
११ चैत, लमजुङ । लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२।५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला, दोर्दी–१ र माथिल्लो छ्याङदी ४ उत्पादन सुरु गर्ने तयारीमा छन् । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण पूरा नहुँदा निर्माण सकेपनि आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन पाएको छैन । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रो पावरले सुपर दोर्दी ‘ख’ ९५४ मेगावाट० आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ८५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । उक्त आयोजना कूल ९ अर्ब लागतमा निर्माण हुनेछ ।
२७ मेगावटको दोर्दी खोला जलविद्युत आयोजना ०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भएपनि भूकम्प, नाकावन्दी र बाढिका कारण विद्युत उत्पादनमा ढिलाई भएको हो । आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आयोजना कुल ४ अर्ब लगानीमा निर्माण भएको हो । लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट आयोजना परिक्षणको चरणमा छ । यो आयोजना करिब ५ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । आयोजना ०७५ मंसीरमा सक्ने लक्ष्यका साथ काम शुरु भएपनि भुकम्प, बाढी र कोभीडका कारण विद्युत उत्पादनको मिति धकेलिएको आयोजनाले जनाएको छ ।
दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी १ ९१२।५ मेगावाट० आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । झन्डै २ अर्ब ५० करोड लागतमा निर्माण गरीने सो आयोजना ०७७ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण निर्माण थकेलिएको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । प्रवर्द्क छयाङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार