ए मेरो हजुर ४ लाई चाहियो दर्शकसम्म पुग्न वितरक र प्रदर्शकको साथ
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २३:११:३५
११ चैत, काठमाडौं । नेपालमा नेपाली फिल्मले नै प्राथमिकता नपाउने उदाहरण प्रशस्तै देखिने गरेका छन् । निजीस्तरबाट फिल्महरू निर्माण भइरहेको छ । तर, नेपाली फिल्मको विकास र विस्तार गर्ने चलचित्र नीतिसमेत नहुँदा नेपाली निर्माताहरू अप्ठ्यारोमा पर्ने गरेका छन् ।
छिमेकी मुलुक भारतमा रहेका फिल्महरूको आ–आफ्नै दर्शक छन् । बलिउडका फिल्म विश्वभर आफ्नो छाप छाड्न सफल भए पनि दक्षिण भारतमा कमजोर छन् । तमिल, तेलगु, कन्नड र मलयालमको आ–आफ्नै भूभागमा बाहुल्यता छ । दक्षिण भारतीय फिल्महरूले बलिउडमा हिन्दी भाषामा नआई विकल्प छैन ।
यद्यपि यी फिल्महरूले नेपालमा भने प्राथमिकता पाउने गरेका छन् । यहाँ नेपाली फिल्मसँग ती उल्लेखित फिल्महरू रिलिज भएमा उनीहरूले प्राथमिकता पाउँछन् । यसैले गर्दा नेपाली फिल्मका निर्माताले विदेशी ठूला फिल्महरूसँग नजुध्ने गरी नेपाली फिल्म रिलिज गर्ने गरेका छन् ।
यद्यपि नयाँ फिल्म ‘ए मेरो हजुर ४’ ले आँट देखाएको छ । दक्षिण भारतीय प्रतीक्षित फिल्म ‘केजीएफ २’ सँग भिड्ने । १४ अप्रिलमा केजीएफको सिक्वेल आउने भएपछि पनि नेपाली दर्शकलाई १ वैशाखमा आफ्नो फिल्म दिइरहेको उल्लेख गर्दै निर्माता सुनिलकुमार थापाले फिल्म ‘ए मेरो हजुर ४’ रिलिज गर्दैछन् । ट्रेलर रिलिज कार्यक्रममा उनले नेपाली फिल्मलाई दर्शकसँगै वितरक र प्रदर्शकले पनि साथ दिनुपर्ने बताए ।
‘हामी अब विदेशी फिल्मसँग भाग्दैनौ । हामीसँगै प्रतिस्पर्धा गर्न तयार छौँ । तर, नेपाली दर्शकसँगै वितरक र प्रदर्शकले पनि साथ दिनुपर्छ,’ निर्माता थापाले भने, ‘स्वदेशमै हामी डरायौ भने हामी कहाँ फिल्म चलाउने रु’ उनले नेपाली प्रदर्शकले ‘ए मेरो हजुर’ सिरिजको अघिल्लो व्यापार हेरेर शो दिनुपर्ने बताए । ‘हामी भिड्न तयार छौँ । तर, हामीलाई मैदान चाहिन्छ । हामी मैदान बाहिर बसेर त कहाँ लड्न सक्छौं र रु’ निर्माता थापाले भने ।
निर्देशक झरना थापाले पनि नेपाली दर्शकको प्राथमिकतामा नेपाली फिल्म नै पर्ने विश्वास व्यक्त गरिन् । ‘विदेशी फिल्मसँग डर छैन । किनकि हामीले दर्शकलाई निराश नबनाउने फिल्म लिएर आउँदैछौँ । यद्यपि हामीलाई दर्शकसम्म पुग्न प्रदर्शक र वितरकको साथ चाहिन्छ,’ झरनाले भनिन् ।
अभिनेता अनमोल केसीले पनि फिल्म स्तरीय बनेको बताए । ‘म आफैँ युथ भएकाले पनि ढुक्कले भन्न सक्छु कि फिल्म स्तरीय बनेको छ । नाक खुम्चाउनुपर्ने फिल्म छैन । दर्शकलाई यसले निराश बनाउँदैन,’ अनमोलले भने ।
अभिनेत्री सुहाना थापाले भने आफू दर्शकसँग विश्वस्त रहेको बताइन् । छोटो बोल्दै उनले अब काम नै बोल्ने भनिन् । फिल्म ‘ए मेरो हजुर ४’ प्रेम, रोमान्स, कमेडी, विछोड देखाइएको ट्रेलर अनमोल र सुहानाकै वरपर घुमेको छ । फिल्ममा सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार