पाँच महिनापछि बल्यो मल्कवाङमा बिजुली
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार २२:५६:६
१४ चैत, म्याग्दी । पहिराेले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो ।
धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । “कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ”, उनले भने, “पहिराले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।”
बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताए । विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको थियो ।
यसैगरी धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत् गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनः निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताए ।
खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ ।
सो परियोजनाबाट उत्पादीत विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् । सो आयोजनाको मुहानमा २५ मिटर कुलो र विद्युत् गृहको नयाँ भवन निर्माण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार