सशस्त्र प्रहरीमा ‘ज्वाई’ एसएसपीको रजाई
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १७:१:५५
१५ चैत, काठमाडौं । सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको सम्मुखमा संगठनभित्रकै बिचौलियाहरुको चलखेल शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको अवकाशको मिति नजिकिदै गर्दा आफूलाई कांग्रेस निकट भन्दै एक एसएसपीले प्रतिस्पर्धामा रहेका तीन जना डीआईजीलाई दुःख दिन थालेका छन् ।
नेपालको अर्ध सैन्य बल सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको सम्मुखमा एसएसपी दीपेन्द्र कुँवर (ख) ले कांग्रेसको सबै पक्षलाई मिलाउने भन्दै दुःख दिन थालेका हुन् । नेपाली सेनाबाट स्टाफ कलेज पास गरेर भर्खरै मूख्यालयमा हाजिर भएका एसएसपी कुँवरले संगठनभित्र आफूलाई सधैं अरुभन्दा भिन्न रुपमा प्रस्तुत गर्ने गरेका छन् ।
उनीभन्दा सिनियर तथा जुनियर कर्मचारीलाई रौं जत्तिको पनि नगन्ने उनको पुरानो शैलीले संगठनभित्रका अधिकारीहरु सधैं अन्यौलमा पर्ने गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई रहेका कुँवरकाे हर्कतले संगठनभित्र सधै चर्चा पाउने गरेको छ । अहिले पनि उनले तीनजना डीआईजीलाई आईजीपी बनाउने भन्दै बोकेर हिड्न थालेका छन् ।
डीआईजीत्रय राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतम तीन जनालाई आईजीपी बनाउने भन्दै बोकेर हिड्न थालेका हुन् । तर उनीहरुले एसएसपी कुँवरलाई भने नचिढ्याउने नीति लिएका कारण चुपचाप बसिररहेको स्रोतले जनाएको छ ।
दुई साता अघि मूख्यालयमा हाजिर भएका एसएसपी कुँवरले त्यहाँ रहेका एक डीएसपीलाई सबैको सामू मुख छाडेर गाली गरेका थिए । कुँवरको जागिर लामो समय नभएपनि लामो करियर भएर एक डीएसपीलाई मुखमा आएजति सबैचिज भन्न बाँकी राखेका थिएनन् । भानु देउवाको नाम भजाएर संगठन प्रमुखलाई पनि आफ्नो वशमा राख्न पल्केका कुँवरले अहिले हुनेवाला आईजीपीलाई पनि आफ्नो पहुँचमा राख्न चाहिरहेका छन् ।
सोही कारण प्रतिस्पर्धामा रहेका तीन डीआईजीलाई समदुरीमा राखेर व्यवहार गरिरहेका छन् । ‘एसएसपी कुँवरलाई कुनै पनि विभागमा जान र बस्न रोकतोक छैन, पहिला पनि यस्तै अवस्था थियो अहिले त प्रधानमन्त्री भएको बेला झन ठूलो स्वरले हप्कीदप्की गरिरहेका छन्’, सशस्त्र मूख्यालयका एक अधिकृतले भने । उनका अनुसार समयमा कार्यालय नआउने, प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा मात्रै रहने गरेका उनले सरुवाको सेटिङ समेत मिलाउने गरेका छन् ।
निर्वाचनको सम्मुखमा आईजीपी परिवर्तन हुनलाग्दा एसएसपी कुँवरले जो आईजीपी भएपनि आफ्नै कारणले भएको सन्देश दिनका लागि उनीहरुकै कार्यकक्षमा गएर शक्तिकेन्द्रमा फोन लगाउने गरेका छन् । ‘धेरैजसो समय भानु देउवासँगै कुराकानी गर्ने उनले डीआईजीको कार्यकक्षमा बसेर मोवाइल ‘लाउडस्पिकर’मा राखेर कुराकानी गर्ने गरेको स्रोतले जनाएको छ । ‘उहाँलाई कसैले पनि रोक्ने गरेको छैन, अन्य अधिकृतलाई मोवाइल चलाउन रोक छ तर उहाँलाई लाउडस्पिकरमा राखेर बोल्न छुट छ’, मूख्यालय स्रोतले भन्यो । उनी धेरैजसो समय आईजीपीको सचिवालय वरिपरी नै बस्ने गरेका छन् ।
सशस्त्र प्रहरीको स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि सशस्त्रको कोटालाई दुरुपयोग गर्दै भानु देउवाको सोर्समा आर्मीको स्टाफ कलेजमा तालिम लिएका थिए । उनको सो तालिम दुई साता अघि मात्रै सकिएको थियो । मूख्यालयमै बस्न चाहेका कारण उनलाई अहिले कतै खटाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार