मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा: ऊर्जामन्त्री भुसाल
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १४:१३:३४
चैत १५ कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाइन् ।
ऊर्जामन्त्री भुसालले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताइन् । मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा आफूहरू समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका थिए ।
कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलमा सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार