भरतपुर मेयर कप क्रिकेट : मकवानपुरसँग नवलपुर पराजित
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २३:४७:४०
१५ चैत, चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर विजयी भएको छ । रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मकवानपुरले दिएको २२४ रनको लक्ष्य पछ्याएको नवलपुर ३०.२ ओभरमा १०७ रनमै अलआउट भएपछि मकवानपुरले फराकिलो जित हात पारेको हो ।
नवलपुरका लागि किशोर महतोले ४३ बलमा ३८ रन बनाए । कमल परियारले २३ बलमा २१ रन बनाए भने दीपक डुम्रेले १२ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो अंक जोड्न सकेनन् ।
मकवानपुरका लागि रामनरेश गिरी, समिर चौलागाईं र विपुल खनालले समान २-२ विकेट लिए भने रिजन ढकाल र असिम श्रेष्ठले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४१.५ ओभरमा २२३ रन बनाउँदै अलआउट भयो । मकवानपुरका लागि सुव कंशकारले ३३ बलमा ५७ रन बनाए भने रिजन ढकालले ७१ बलमा ५६ रन बनाए । ओपनर गौरव खड्काले ३८ रन बनाए । मकवानपुरका लागि गौरव र सुवले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए ।
यस्तै नवलपुरका लागि कमल परियारले १० ओभरमा ३० रन खर्चिंदै महत्वपूर्ण चार विकेट लिए भने अप्रजित पौडेलले १० ओभरमा ३२ रन खर्चिएर चार विकेट लिन सफल भए ।
विशाल पौडेल र रिजन काफ्ले समान एकरएक विकेट लिए । खेलमा मकवानपुरका रिजन ढकाल प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिमा उत्कृष्ट सुरुवात गर्दै मकवानपुर लिगको पहिलो स्थानमा रहेको छ भने एक जित र एक हारसहित नवलपुर दोस्रो, पहिलो खेलमा नवलपुरसँग पराजित चितवन तेस्रो तथा अन्तिम स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत बुधबार चितवन र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । चितवनले मकवानपुरलाई फराकिलो अन्तरले पराजित गर्न सके मात्र फाइनलमा स्थान बनाउनेछ । हार व्यहोरेमा मकवानपुर र नवलपुर उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार