नेपालमा झण्डै आधा गर्भधारण अनिच्छितः प्रतिवेदन
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २०:३५:२५
१६ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले संसारभर झण्डै आधा गर्भधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरीहरू गर्भधारणको इच्छा नहुँदा नहुँदै पनि गर्भवती हुन बाध्य भइरहेका प्रतिवेदनमा उल्लेख छ ।
युएनएफपीएले यसलाई विश्वव्यापी संकट भनेको छ । आज (३० मार्च)मा सार्वजनिक गरिएको स्टेट अफ वल्र्ड पपुलेसन २०२२ प्रतिवेदन अनुसार, गर्भधारणबाट प्रभावित भएका महिला तथा किशोरीहरूका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन् छनोटको विकल्प नै छैन ।
आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भधारण जस्तो अवस्था पनि उनीहरूको छनोटको पहुँच भन्दा बाहिर देखिएको संयुक्त राष्ट्रसंघको यौनिक तथा प्रजनन् स्वास्थ्य सम्बन्धी संस्था युएनएफपीएको प्रतिवेदनमा उल्लेख छ । युएनएफपीएले हरेक वर्ष सार्वजनिक गर्दै आएको विश्व जनसंख्याको स्थिति सम्बन्धी प्रतिवेदनअन्तर्गत यसवर्ष अनिच्छित गर्भधारणको विषयमा केन्द्रित छ ।
’सिईङ द अनसिनः द केश फर एक्सन इन द नेग्लेक्टेड क्राईसिस अफ अनईन्टेन्डेड प्रिग्नेन्सी’ शीर्षक दिइएको यस वर्षको प्रतिवेदनले मानव अधिकारको क्षेत्रमा देखिएको यस्तो संकटले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी पनि दिएको छ ।
सन् २०१७ को तथ्यांकअनुसार, नेपालमा अनुमानित १२ लाख गर्भधारण भएकामध्ये झण्डै आधा अनिच्छित थियो । त्यसमध्ये करिब ३ लाख ५९ हजारले गर्भपतन गराएका थिए । नेपालमा कानुनी मान्यताप्राप्त गरेको गर्भपतनले मातृमृत्युदर घटाउन महत्वपूर्ण योगदान गरे पनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवा प्रदायक वा गर्भवती आफैँले औषधि वा अन्य कुराको प्रयोग गरेर गर्ने गरेका छन् ।
सुरक्षित गर्भपतन सेवाका लागि अझै पनि धेरै महिला तथा किशोरीहरूले उल्लेखनीय रूपमा संरचनात्मक तथा अनौपचारिक वाधा व्यवधानहरूको सामना गर्नुपरिरहेको छ ।
’यो प्रतिवेदन एउटा ‘वेकअप कल’ हो । अनिच्छित गर्भधारणमा देखिएको यस्तो अप्रत्यासित संख्याले महिला तथा किशोरीहरूको सामान्य मानव अधिकार प्रवर्द्धनमा विश्व समूदायको असफलताको प्रतिनिधित्व गर्छ’, युएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कनेम भन्छिन्, ’गर्भधारणबारे आधारभूत निर्णय गर्ने शक्ति महिला तथा किशोरीहरूकै हातमा सुम्पिएर मात्र समाजले महिला तथा किशोरीहरूका लागि मातृत्व अपरिहार्यता नभएर, चाहना भएको सुनिश्चित गर्न सक्छ ।’
’विश्वमा गर्भधारणको चाहना नभएर पनि अनुमानित २५ करोड ७० लाख महिलाहरू परिवार नियोजनका सुरक्षित र आधुनिक तरिकाहरू प्रयोग गर्दैनन् । यसका साथै तथ्यांक उपलब्ध भएका ठाउँहरूमा झण्डै एक चौथाई विवाहित महिलाहरू यौन प्रस्तावलाई नकार्न सक्दैनन् । अनिच्छित गर्भधारणलाई महिलाको व्यक्तिगत असफलता मात्र भन्न मिल्दैन, यो त समाजले उनीहरूलाई आफ्नै शरीरमाथिको अधिकारमा दिनुपर्ने स्वायत्तताको अभाव वा समाजले थोपर्ने विभेदकारी मूल्यमान्यताहरूका कारणले गर्दा भएको हुन सक्छ’, उनले भनिन् ।
नेपालमा अधिकांश अनिच्छित गर्भधारण परिवार नियोजनका आधुनिक सामग्रीको अपरिपूर्त (पुरा हुन नसकेको) मागको परिणाम हो । गर्भधारण गर्न नचाहने लगभग ४४ प्रतिशत प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का महिलाहरू परिवार नियोजनका आधुनिक विधि प्रयोग गरिरहेका छैनन् ।
’नेपाल सरकारका सामुन्ने महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकारको रक्षा तथा परिपूर्ति गर्नुपर्ने दायित्व छ । यसो भन्नुको अर्थ महिलाहरूका लागि छनोटको विकल्पसहितको परिवार नियोजनका सामग्रीको आधुनिक विधिमा महिलाहरूको पहुँच सुनिश्चित गराउनु हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार