सशस्त्रको गुणमापक परीक्षामा अनियमिता भएको आशंका
नेपालबहस संवाददाता
चैत १६, २०७८ बिहिबार ४:१०:४८
१६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले सिनियर अधिकृत भर्नामा लिने गुणमापक परीक्षामा व्यापक अनियमिता भएको आंशका गरिएको छ । फागुन २५ गतेदेखि चैत १३ गतेसम्म लिएको सो परीक्षामा सहभागी ६० जना परीक्षार्थी मध्ये ४९ जना मात्रै उत्तीर्ण हुँदा सो आशंका गरिएको हो ।
गत भदौ ११ गते ७५ जनाको संख्या माग गरि खुलाइएको सशस्त्र प्रहरी निरीक्षकको विज्ञापनमा लिखत परिक्षामा मात्र ६१ जना उतिर्ण भएपछि सो परीक्षा फागुन २६ गते्देखि शुरु गरिएको थियो । चैत १३ गते नतिजा निकाल्दा ४९ जना मात्रै पास गराइएको थियो । त्यसक्रममा शारीरिक रुपमा फिट नभएका व्यक्तिहरु समेत उत्तीर्ण गराउदा विभागीय कर्मचारीहरुलाई अउत्तीर्ण गराइएको छ ।
सशस्त्र प्रहरी मूख्यालय स्रोतका अनुसार सो गुणमापक परीक्षाका लागि धेरै वर्षदेखि एउटै समूह सहभागी रहने गरेको छ । हाल प्रदेश २ मा कार्यरत रहेका डिआइजी गणेश ठाडामगर, अवकाशप्राप्त डिआइजीहरु केबी ब्रह्माचार्य, राजेन्द्र बस्नेत, बाबुराम पाण्ड र नेपाली सेनाका अवकाश प्राप्त कर्णेल प्रदीराज कार्की गुणमापक समितिमा बस्ने गरेका छन् ।
विगतमा लोकसेवा आयोग पास गरेका सबैलाई गुणमापक समितिले पास गराउने गरेको थियो । तर उनीहरुमात्रै गुणमापक समितिमा बस्नु र विभागीय प्रहरी अधिकृतसँग केही समय अघि आर्थिक लाभको कुराकानी समेत गर्नुले अनियमिता भएको आंशका गरिएको ।
यसअघि पनि सो समितिले अघिल्लो दिन असफल भएका परीक्षार्थीलाई भोलिपल्ट पास गराउने समेत गरेको पाइएको छ । सिसं ६ र ९ का प्रहरी कर्मचारीलाई यसरी अघिल्लो दिन असफल गराउने र भोलीपल्ट पास गराउने गरिएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार