किर्ते नागरिकता सिफारीसमा वडा अध्यक्ष पक्राउ
नेपालबहस संवाददाता
चैत १७, २०७८ बिहिबार २३:४२:५८
१७ चैत, स्याङजा । स्थानीयतहका जनप्रतिनिधिको म्याद सकिन लाग्दा धमाधम वडा अध्यक्ष पक्राउ पर्न थालेका छन् । नागरिकताका लागि किर्ते काम गरी सिफारीस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष पक्राउ परेका छन् ।
नेपाली नागरिकता प्रमाण पत्रकालागि वडा मुचुल्कामा किर्ते सही गरिएको भन्दै स्थानीयले कारवाहीको माग गरेपछि वडा अध्यक्ष बिष्णु बहादुर खत्री पक्राउ परेका हुन् । वडा अध्यक्ष खत्रीकै संलग्नतामा किर्ते मुचुल्का उठाई नागरिकताका लागि सिफारीस गरिएको पिडितहरुले बताएका छन् ।
उक्त कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ५ जनाले संयुक्त निवेदन दिएका छन् । निवेदन अनुसार कृष्ण प्रसाद पौडेल भन्नेकी छोरी सोनु पौडेलको नाममा नागरिकता बनाइएको छ । तर कृष्ण प्रसाद पौडेलको सोेनु पौडेल नाम गरेको छोरी नै नभएको निवेदकले दावी गरेका छन् ।
आँधिखोला गाउँपालिका ३ पाख्रीबोटमा कृष्ण प्रसाद पौडेल भन्ने व्याक्ति भएपनि सोनु पौडेल नाम गरेकी छोरी भने नभएको बताइएको छ । निजलाई नागरिकताको प्रमाणपत्र प्रदान भएमा फरक पर्दैन भनी हामीहरुले वडा मुचुल्कामा सहि नगरेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
गैह्र नेपाली नागरिकलाई वा अर्कैकी छोरीलाई कृष्ण प्रसादकी छोरी हुन भनी बदनियत पुर्वक आफुले लाभ लिई नागरिकताको प्रमाण पत्र दिलाई दिने प्रपञ्च गरेका ब्यक्तीहरुले नै हामीहरुको नाम उल्लेख गरी वडा मुचुल्का खडा गर्ने र हाम्रोे सहीछाप निजहरुकै जाल प्रपञ्चबाट हामी सिधासादा नागरिकहरुको नाम राखी फसाउने नियतले हामीहरुको किर्ते सही गरी त्यस्तो वडा मुचुल्का खडा भएको निवेदनमा उल्लेख छ ।
यता जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने यस बिषयमा अनुसन्धान भइरहेको बताए । किर्ते मुचुल्कामा संलग्न एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् । प्रहरीले किर्ते काम गरेका वडा अध्यक्ष खत्रीलाई पक्राउ गरेपछि अहिले एमाले स्याङ्जाका नेता तथा कार्यकर्ताहरुले छुटाउन दवाव सिर्जना गरेको बताइएको छ । यस बिषयमा पुर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पदमा अर्यालले खत्रीलाई छाडिदिन दवाव दिएको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार