सशस्त्रको गुणमापक परीक्षामा बदनामहरुकै सिण्डिकेट
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:४६:१७
१८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकका लागि लिइने गुणमापक परीक्षामा बिगत १५ वर्षदेखि विशेषज्ञ टोलीको रुपमा एउटै समूह सहभागी हुँदै आएको पाइएको छ । ककनीमा १५ दिन तालिम गरेका उनीहरुले १५ वर्षदेखि सशस्त्र प्रहरीको गुणमापक परीक्षामा मापकको रुपमा बस्ने गरेका छन् ।
सशस्त्र प्रहरीका बहालवाला कर्मचारीलाई असफल बनाउँदै बाहिरका व्यक्तिलाई उत्तीर्ण गर्ने उनीहरुकाे धन्दा रहेकाे आराेप छ । त्यहाँ बस्ने मापदण्डको खोजी गर्ने क्रममा हालका डीआईजी गणेश ठाडामगर, पूर्व डीआईजीहरु बाबुराम पाण्डे, केबी ब्रह्रमाचार्य र राजेन्द्र बस्नेतले ककनीमा नेपाली सेनाबाट १५ दिनको तालिम लिएका थिए । त्यही तालिमलाई भजाएर उनीहरुले अहिलेसम्म विशेषज्ञको रुपमा गुणमापक परीक्षाको परीक्षकको रुपमा बस्ने गरेका छन् ।
जसमा नेपाली सेनाका अवकाश प्राप्त कर्णेल प्रदीपराज कार्की पनि सहभागी छन् । ‘यसमा कुनै पनि जटिल कुराहरु सोधिदैन, खाली व्यवहारिक कुरा सोधिन्छ तर उनीहरुले भने व्यक्तिगत कुरालाई मात्र सोध्ने गरेका छन्’, एक प्रहरी कर्मचारीले भने । उनका अनुसार अहिलेको परीक्षामा झन् महिलाहरुलाई सामाजिक सञ्जाल फेसबुक आइडी समेत सोधेर हैरान पारेकाे एक सहभागीले बताए ।
लोकसेवा आयोगको उपस्थितिबिना लिइने आन्तरिक गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई असफल बनाइदा धेरैपटक विवाद आएपनि उनीहरुले आफूबाहेक कोही पनि विशेषज्ञ नभएको बताउँदै आएका छन् । यो टोलीमा खासगरी संगठनभित्र बदनाम भएका पात्रहरु रहेकै कारण पटकपटक विवादमा आउने गरेको छ ।
संगठनमा बस्दा अत्यन्तै बदनाम पात्रको रुपमा परिचित रहेका पूर्व डीआईजी ब्रह्माचार्य पनि निरन्तर रुपमै त्यसको परीक्षक रहेका छन् । उनी संगठनमा आर्थिक रुपमा बदनाम कमाएका व्यक्ति हुन् । कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता मानिएका बस्नेत पनि सिपाहीहरुको राशन भत्तामा आर्थिक अनियमिता गर्ने अर्को बदनाम पात्र हुन् ।
निरन्तर उनीहरु मात्रै परीक्षामा बस्न थालेपछि सशस्त्र प्रहरी बलका तत्कालीन आईजीपी कोषराज वन्तले लिखित परीक्षा अघि नै यो परीक्षा लिने व्यवस्था गर्न खोजेका थिए । तर उनले संगठन छाड्नु पर्ने बाध्यता आएपछि लिखित परीक्षा सकिएपछि मात्रै लिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
‘एउटा व्यक्तिले लिखित र शारीरिक परीक्षा पास गरेपछि यो परीक्षा लिनुकाे औचित्य छैन, अन्तर्राष्ट्रिय अभ्यासमा लिखित परीक्षा लिनु अघि यस्तो गुणमापक परीक्षा लिइन्छ तर सशस्त्र प्रहरीमा भने अन्तर्राष्ट्रिय अभ्यास विपरीत यस्तो परीक्षा लिइदा अतिरिक्त आर्थिक उपार्जनको माध्यम समेत बनेको छ’, सशस्त्र प्रहरी उच्च स्रोतले भन्यो । उनीहरुकै पालामा पटकपटक विवाद आएपनि यो विषय भने बाहिर आएको थिएन । उनीहरुले विवादलाई भित्रभित्रै मिलाउने गरेका थिए । अहिले पनि विभागीय कर्मचारीलाई बिनाकारण असफल बनाएपछि भने बाहिर आएको हो ।
लोकसेवा आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई सशस्त्र प्रहरीको विशेषज्ञ भनिएको टोलीले विभागीय कर्मचारीहरुलाई यसपटक अपमानजन ढंगले अनुत्तीर्ण गरेको थियो । गत वर्ष सशस्त्र प्रहरीले ७५ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा ६१ जनाले लिखित परीक्षा पास गरेका थिए । तर सशस्त्र प्रहरीकै गुणमापक परीक्षामा भने ४९ जना मात्रै उत्तीर्ण गरिएको थियो ।
१२ जनालाई सो परीक्षामा असफल बनाइएपछि विभागीय कर्मचारीले लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान, गृहमन्त्रालय सबैतिर उजुरी गरेका छन् । लोकसेवा आयोगले भने यस्तो उजुरी नगर्न आग्रह गर्दै त्यही संस्थामा बसेर काम गर्न असजिलो हुने भन्दै फर्काएको थियो । उनीहरूलाई के कारण असफल बनाइयो भन्ने जानकारीसमेत दिइएको छैन । बलराम गिरी, अभिमन्यु पौडेल, सविता दाहाल, रमेश जोशीलगायत १२ जनालाई असफल बनाइएको हो । उनीहरुले सिं ९ र सिं सं. ६ मा पनि यसैगरी असफल बनाएका थिए ।
सिं सं ६ का केही कर्मचारीले चित्तबुझ्दो कारण नदिए अदालत जाने धम्की दिएपछि उनीहरुलाई त्यसको भोलिपल्ट पास गराएको देखाएर अन्तर्वार्तामा सहभागी गराइएको थियो । त्यसैगरी सिं नं ९ का केही अधिकृतलाई पनि यसैगरी असफल बनाएपछि उनीहरूले सर्वोच्च अदालत गुहारेका र मुद्दा जितेर सिंसं ११ मा तालिम गरी अहिले प्रहरी निरीक्षकमा कार्यरत रहेका छन् । विगतमा लोकसेवा आयोग पास गरेका सबैलाई गुणमापक समितिले पास गराउने गरेको थियो ।
गत भदौ ११ गते ७५ जनाको संख्या माग गरी खुलाइएको सशस्त्र प्रहरी निरीक्षकको विज्ञापनमा लिखत परीक्षामा मात्र ६१ जना उत्तीर्ण भएपछि सो परीक्षा फागुन २६ गतेदेखि सुरु गरिएको थियो। चैत १३ गते नतिजा निकाल्दा ४९ जना मात्रै पास गराइएको थियो। त्यसै क्रममा शारीरिक रूपमा फिट नभएका व्यक्तिसमेत उत्तीर्ण गराउँदा विभागीय कर्मचारीलाई भने अनुत्तीर्ण गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार