रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदै
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १२:४३:३७
१८ चैत एजेन्सी । रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ ।
रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन् । युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
आजदेखि रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने निर्णयमा हस्ताक्षर गरेसँगै आजैदेखि कार्यान्वयनमा आएको हो । योसँगै युरोपमा ऊर्जा संकटको जोखिम बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ ।
युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो। यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो । एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ। रुसको पहिल्लो निर्णयले यूरोपमा ऊर्जाको अभाव हुने देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार