पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब सुरू
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:३०:१७
१८ चैत, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ)को पाँचौं संस्करण उद्घाटन भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले कोभिडका कारण सबैभन्दा बढी फिल्म क्षेत्र प्रभावित भएको बताए । ‘झण्डै दुई वर्ष कोरोनाको कारण फिल्म व्यवसाय ठप्प भयो । तर अहिले कोरोनासँग जुधेर अगाडि बढ्न सक्छौं भन्ने सन्देश चलचित्र महोत्सबबाट दिनुभएको छ,’ शाक्यले भने ।
नेपालका लाग युरोपियन युनियन राजदूत नोना डिप्रेजले युरोपियन युनियनले नेपाली चलचित्र उद्योगसँग सहकार्य गरेर काम गरिरहेको बताइन् । ‘नेपालको फिल्मलाई युरोपियन युनियनले सधैं माया गरेको छ । हामीले विभिन्न फेस्टिभलहरुमा सहकार्य गर्दै आएका छौं । यस्तो फेस्टिभल अझै भइरहनुपर्छ,’ उनले भनिन् ।
जुरी प्रमुख सुदिप्तो आचार्यले कोरोना महामारीबाट जोगिएर यो अवस्थामा चलचित्र महोत्सब गर्नु खुसीको कुरा भएको बताए । उनले भने, ‘यो अवस्थामा पनि चलचित्र महोत्सव गर्नु ठूलो कुरा हो । त्यसैले हामीले चलचित्रलाई माया गरौं ।’
चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म उद्योगलाई सरकारले सहयोग गर्न कन्जुस्याइँ नगरेको बताए । चलचित्रकर्मीहरुलाई मञ्चभन्दा फिल्डमा उत्रेर राम्रा चलचित्र बनाउन उनले सुझाव दिए । ‘चलचित्रकर्मीहरु मञ्चमा आवाज उठाउँछौं । तर फिल्डमा कमजोर छौं । तपाईंहरु उत्कृष्ट कथा ल्याउनुहोस् ।
राज्यले लगानी गर्नेछ,’ उनले भने । दाहालले यो वर्ष पाँच वटा चलचित्रका लागि राज्यले लगानी गर्ने बताए । उनका अनुसार यो वर्ष तीन ओटा सर्ट फिल्म र दुई ओटा फिचर्ड फिल्म निर्माणको लागि राज्यले लगानी गर्नेछ । बोर्डसँग सहकार्य गरेर विभिन्न सुविधा तथा नीतिगत सहयोग चलचित्रकर्मीले लिन सकिने बताए ।
निफबाट नेपालले पनि नयाँ कुरा सिक्न सक्ने दाहालको भनाइ थियो । ‘निफमा हामीले हरेक पटक सहयोग गर्दै आइरहेका छौं । यसपटक पनि सहयोग गरेका छौं । विश्वका विभिन्न सिनेमा हेरेर हामीले सिक्नसक्छौं,’ दाहालले भने ।
निर्देशक तथा निफका संयोजक यादव कुमार भट्टराईले कार्यक्रममा स्वागत गर्दै निफले नेपालका चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गरेको बताए । तर राज्यले चलचित्र क्षेत्रको विकासका लागि ध्यान नदिएको उनको गुनासो थियो । ‘राज्यको कमजोर नीति र फितलो कार्यान्वयनले चलचित्र उद्योग विघटनकै संघारमा पुग्ने अवस्था सिर्जना भएको छ । यसप्रति धर््यानाकर्षण गराउन चलचित्रकर्मि एक हुनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
कार्यक्रमका सभापति एवम् नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भौतिक रुपमा महोत्सव गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमका लागि सहयोग गर्नेलाई धन्यवाद दिँदै फेस्टिभलमा सहयोग गर्न आह्वान समेत गरे ।
कार्यक्रममा उद्घाटनको दिन पुरु लम्सालको निर्देशन रहेको ४६ मिनेटको डकुमेन्ट्री ‘गोरु जुधाइ’ प्रस्तुत गरिएको थियो गरिएको थियो । २१ गतेसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । त्यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको सातवटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । शुक्रबारदेखि कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार