चैत २५ मा ‘मैले आइ लभ यु भन्नै सकिनँ’
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १२:४७:२२
२२ चैत, काठमाडौं । प्रेमकथानक फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ आगामी शुक्रबार अर्थात २५ चैतमा देशब्यापी प्रदर्शन हुने भएको छ । बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको सोमबार चलचित्र बिकास बोर्डमा प्रेसमिट गरि ट्रेलरका साथै ‘मुस्ताङको बजार’ बोलको गीत प्रदर्शन गरियो ।
राजेश पायल राई र मेलिना राईको स्वर, दीपक रमणको शब्द,संगीत रहेको गीतमा बुद्धि तामाङ,अञ्जली अधिकारी,राजाराम पौडेल,स्व.जयनन्द लामा,सुजन नेपाली,कविता पुरीलगायतका कलाकारलाई फिचर गरिएको छ । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीत खर्चिलो सेटमा खिचिएको छ ।
‘मैले आइ लभ यु भन्नै सकिनँ’ केही समयअघि निर्माण सम्पन्न भए तापनि बल्ल दर्शकमाझ ल्याउन लागीएको जानकारी दिदै निर्देशक बाबुले आफूहरुले युवापुस्ताको भावना बुझेर फिल्म निर्माण गरेको बताए । कार्यक्रममा ‘मैले आइ लभ यु भन्नै सकिनँ’ लाई गायिका तथा अभिनेत्री डोमा ह्याल्मो,द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ,अभिनेता,खेलाडी ज्ञानबहादुर जिम्बा तामाङ, फिल्म निर्देशक निमा लामा तामाङलगायतले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
शंकर कार्कीको कथा र कार्यकारी निर्माण रहेको फिल्मको निर्मातामा प्रेम श्रेष्ठ,सहनिर्मातामा भक्तबहादुर नेपाली र मेशरबहादुर नेपाली छन् । तारा शंकर फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा बुद्धि तामाङ,राजाराम पौडेल,जयनन्द लामा,सुरवीर पण्डित,अञ्जली अधिकारीका साथमा सुजन नेपाली,सुवास नेपाली,अनिषा सुनार,सुनील भुसाल, सुरज कार्की,लक्ष्मी भट्ट,दावा लामा,कविता पुरी,निरुता तामाङ,शितल खड्का,श्रुति मगर,सरस्वती तामाङ,इच्छा तामाङ,अर्जिता थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
वीर मास्टरको द्धन्द्ध निर्देशन रहेको फिल्म आशिष जिम्बा र सुशील डाँगीले खिचेका हुन् । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्मको मुख्य सहायक निर्देशक भोला (प्रनप) सुवेदी छन् । सिंगल रिलिज भएकाले पनि आफ्नो फिल्मले दर्शकको अधिक साथ पाउने बिश्वास निर्माण पक्षको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाराको रामराजा क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार