माझी र दनुवार बस्तीमा पिउने पानीको दुःख हट्याे
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १९:०:५
२१ चैत, सिन्धुपाल्चोक । २०७२ सालको भूकम्पले ढलेको सिन्धुपाल्चोक भीमटारको माझी र दनुवार समुदायको बस्तीका हरेक घरमा धारा बनेको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा एकैनासका भूकम्प प्रतिरोधी घर बनेको बस्तीमा पिउने पानीको दुःख हटेपछि स्थानीयवासी दङ्ग परेका छन् ।
भूकम्पपछि इन्द्रावती गाउँपालिकाको भीमटार, भोटसिपाको गाउँबस्तीमा पानीको मुहान सुकेपछि पिउने पानीको दुःख सुरु भएको थियो । झन्डै ६ वर्ष पानीको दुःख झेलेका स्थानीयवासीलाई घरघरमा धारा बनेपछि कुनै चाड आए जस्तै खुसी मिलेको स्थानीयवासी अनिल दनुवारले बताए ।
इन्द्रावती गाउँपालिका र स्थानीयवासीको जनश्रमदान गरी रु ३९ लाख लागतमा सम्पन्न खानेपानी योजनाबाट भीमटार क्षेत्रका १९५ घरधुरी लाभान्वित भएका छन् । पानीको सुविधापछि घर वरपर सफा भएको छ भने, करेसामा हरियो रोप्न थालिएको छ । खानेपानीको सुविधापछि गाउँको मुहार फेरिन थालेको इन्द्रावती १२ का वडाध्यक्ष कमलरत्न दनुवारले बताए ।
भीमटार जस्तै खानेपानीको मुख्य समस्या बेहोरिरहेको इन्द्रावती–१० भोटसिपाका स्थानीयवासीको पनि गाउँमा पानीको समस्या टरेको छ । ज्याफ्स संस्थाको आर्थिक सहयोग र इन्द्रावती गाउँपालिकाको समन्वयमा निर्मित बूढीचौर लिफ्टी खानेपानी योजनाबाट एक हजार परिवारको घरआँगनमा खानेपानी पुगेको छ ।
इन्द्रावती गाउँपालिकाभित्रको सबै वडाभरिका २८ हजार स्थानीयवासीलाई घरमै पानी पु¥याउन रु २० करोड बराबरको इन्द्रावती बृहत् खानेपानी योजनाको काम पनि अहिले धमाधम भइरहेको स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार