बाजुरामा स्थानीय तह निर्वाचनको सरगमी बढ्यो
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार १९:१५:४९
२४ चैत, मार्तडी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ । जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन् । पाँच वर्षको नेतृत्व लिनका लागि नेपाली कांग्रेस र नेकपा ‘एमाले’ बीचको प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ स्थानीय तहको पहिलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले आठ पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ भने २०७४ को स्थानीय निर्वाचनमा तीन पालिकामा हाल दुई पालिकामा नेतृत्व लिएको एमाले पनि आठ पालिकाको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएर गाउँमा गएको छ ।
नेकपा ९माओवादी केन्द्र० र नेकपा ‘एककिृत समाजवादी’ भने पाँच दलीय सरकारमा भएकाले नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन् । जिल्लाका नौवटै पालिकाका वडामा वडाध्यक्ष र पालिकासम्ममा उपप्रमुखको मागसहित नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्ने योजना बनाइएको छ ।
छ पालिका जितेको नेपाली कांग्रेस पनि स्वामीकार्तिक गाउँपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा कमजोर देखिएको छ । स्वामीकार्तिकमा तत्कालीन एमाले र हाल एकीकृत समाजवादीको सरकार रहेको छ भने अन्य दुई पालिकामा एमालेको सरकार छ ।
चार नगरपालिका र दुई गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली कांग्रेसको सरकार रहेको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा कांग्रेसको सरकार छ ।
गएको स्थानीय तहको निर्वाचनमा छ पालिका जितेको नेपाली कांग्रेसले सहमति र सहकार्य गर्दै वडा तथा पालिकामा सहमतिमा उम्मेदवार बनाउने गरी छलफलमा जुटेको नेपाली कांग्रेस बाजुराका पार्टी प्रवक्ता रमाकुमारी रावलले बताए।
नौवटै पालिकाका वडामा वडाध्यक्षसहित दलित महिला गरी पाँच जनाको नाम सिफारिस गर्न र नगर तथा गाउँपालिकाबाट नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन पालिका सभापतिलाई दिइएको पार्टी प्रवक्ता रावलले जानकारी दिए ।
वडाध्यक्षदेखि नगर प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका आकांक्षी धेरै भए पनि उनीहरुलाई सहमति गराएर आसन्न स्थानीय तहको निर्वाचनमा जाने गरी पार्टी तयारीमा लागेको प्रवक्ता रावलको भनाइ छ ।
यसैगरी एमालेले पनि वडादेखि पालिकासम्म सहमतिमा सर्वसम्मत नगर वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छनोट गर्न तयारी थालेको एमालेले जनाएको छ । वडादेखि पालिकासम्म उम्मेदवारका आकांक्षी धेरै देखिए पनि उनीहरुबीचको आपसी समझदारीमा सर्वसम्मत वडाध्यक्ष र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष छनोट गरी चुनावी मैदानमा जाने एमालेले तयारी थालेको हो । एमालेले कतिपय स्थानीय तहका वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवार छनोट गरिसकेको एमालेका उपाध्यक्ष भरत बुढाले बताए ।
कांग्रेसमा दुई महिलाको प्रमुखमा दाबी
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा दुई जना महिलाले नगर प्रमुखमा दाबी गर्नुभएको छ । सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको प्रमुखका लागि हालका नगर उपप्रमुख तथा नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि कविताकुमारी बुढा ‘विष्ट’ र महासमिति सदस्य तथा महिला सङ्घ केन्द्रीय सदस्य जुना दानीले नगर प्रमुखका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेस बडीमालिका नगर कार्यसमितिका सचिव नन्दलाल खड्काले बताए ।
नगर प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई महिलाले प्रमुुख पदका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । उनका अनुसार नगरपालिकाको उप प्रमुखका लागि छ महिलाले उम्मेदवारी दर्ता गराएको सचिव खड्काले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार