मधेश प्रदेशमा गठबन्धनविरुद्ध जाने कोइराला पक्षको निर्णय
नेपालबहस संवाददाता
चैत २४, २०७८ शुक्रबार २:४९:१४
२४ चैत, महोत्तरी । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ ।
मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ ।
कांग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्ने कोइराला पक्षको जोड छ । ’यदि गठबन्धन गरेता पनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,’ कोइराला पक्षधर नेता विनोद खनालले भने ।
बैठकमा ८ वटै जिल्लाका कोइराला पक्षधर नेताले संस्थापन पक्षले अन्याय गरेको बताएका छन् । चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ ।
’हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडी बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नुपर्छ,’ प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता रामसरोज यादवले भने ।
संस्थापन इतर कांग्रेस प्यानलकै केन्द्रीय सदस्य चन्द्रमनी यादवले पनि संस्थापन पक्षले आफूहरूलाई पाखा लगाएर अगाडी बढेको गुनासो गरे ।
नेपाली कांग्रेसको अहिलेको स्तरलाई हेर्दा गठबन्धनको जरुरी नभएको बताउँदै नेता यादवले पहिलो चरणमा आफूहरूको निर्णयलाई सुझावकोरुपमा पेस गर्ने बताए ।
मधेश प्रदेश संस्थापन इतर कोइराला पक्षले निर्णयलाई अटेर गरे चुनावमा एक्लै लड्ने संकेत गरेको छ ।
स्थानीय तहमा समेत एक्लै लड्ने बताउँदै नेता रामसरोज यादवले संस्थापन पक्षले जबरजस्त गर्न खोजेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
चीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार