बतासले चलाएको होटेलको मूलगेटमा सरकारले लगायाे ताल्चा
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २१:४३:४३
२५ चैत, काठमाडौं । पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।
ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।
कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।
यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
के छन सूचना प्रविधिका नयाँ आयाम र चुनौती ?
बैशाख २३, २०८१ आइतबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
डढेलोका कारण दुनाटपरी बनाउने उद्योग संकटमा
बैशाख २३, २०८१ आइतबार
‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन
बैशाख २३, २०८१ आइतबार
नेपालबारे के भन्छिन जापानकी विदेशमन्त्री खामिखावा ?
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा राप्रपाले मत नदिने, मुख्यमन्त्रीको पक्षमा ३० मत
बैशाख २३, २०८१ आइतबार