प्रधामन्त्रीसँग तत्काल एलसी खोल्न व्यवसायीको आग्रह
नेपालबहस संवाददाता
चैत २६, २०७८ शनिबार १९:९:२
२६ चैत काठमाडौं । व्यवसायीहरुले सवारी साधानका कच्चा पदार्थ आयातका लागि एलसीमा लगाइएको रोक खुलाउन प्रधामन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले सवारी तथा ढुवानीका साधनलगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागि प्रतितपत्र (एलसी) खोल्न देउवासँग माग गरेको हो ।
नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गर्दै एलसी खोल्न माग गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए ।
भेटमा नाडाका प्रतिनिधिले व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्याशित रुपमा एलसी बन्द गरिएको भन्दै गुनासो गर्दै एलसी खोल्नेबारे तत्काल सम्बोधन गरिदिन प्रधानमन्त्री देउवासमक्ष माग गरेका थिए ।
नाडा प्रतिनिधिमण्डलले अटोमोबाइल्स क्षेत्रमा २ खर्बभन्दा बढी लगानी रहेको र हरेक वर्ष एक खर्व ५० अर्बभन्दा बढी राजस्वमा योगदान पु¥याउँदै आएको जानकारी गराएको थियो । त्यस्तै देशको प्रत्यक्ष रोजगारीमा ५० हजारभन्दा बढीलाई अवसर दिदै आएको अटोमोबाइल क्षेत्रलाई सरकारले बेवास्ता गर्न नहुने उनीहरुको भनाइ थियो ।
अटोमोबाइल क्षेत्रको ठूलो योगदानका वावजुद पनि सरकारका नीतिहरु सधैं अटोमोबाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरेका व्यवसायीलाई देउवाले नाडाका सुझावहरुलाई सकारात्मक रुपमा लिँदै सवारीसाधन आयात गर्न प्रतितपत्र खोल्नेबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिने आश्वासन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार