माझीफेदामा पानीको जोहो गर्ने समयको अन्त्य
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १३:२६:३३
२७ चैत, बनेपा । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुशी छन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भने“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो । ”
सोही वडाका दमाराका मानबहादुर घिसिङले यसअघि १५ दिनमा एकपटक पानी आउने गरेकामा अहिले घरघरमै धारा आएपछि निकै सहज भएको बताए । यसअघिको भन्दा अहिलेको खानेपानी आयोजनाले गाउँमा नयाँ उमङ्ग थपेको स्थानीय बासिन्दा बताउँछन् । एक घर एक धारा आयोजना सम्पन्न भएर पानी उपभोग गर्न पाएसँगै गाउँका दुई जनाले रोजगारसमेत पाएका छन् ।
गाउँमा पानीको समस्या समाधान गरेर वडाले आफ्नो दायित्व पूरा गरेको वडा नं ३ का अध्यक्ष विनोद घिसिङले जानकारी दिए । रामेछाप जिल्लाको सिमाना जोडिएको जिल्लाको दुर्गम कोसीपारिको सो वडाका बासिन्दाका लागि आवश्यक खानेपानीको धारा जडान र आधारभूत खानेपानीको पहुँचयुक्त वडा घोषणा गर्न सफल उनको भनाइ छ ।
चौँरीदेउरालीका अध्यक्ष दीननाथ गौतमले पालिका स्थापना भएपछि आयोजनाको प्राथमिकताका आधारमा काम गर्दै आएको र तीमध्ये खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए । “सिङ्गो गाउँपालिकालाई नै खानेपानी समस्यामुक्त पालिका घोषणा गर्ने लक्ष्यअनुरुपमा काम भइरहेको छ”, उनले भने, “भूकम्पपछि छवटा वडालाई सुक्खाग्रस्त वडा घोषणा गरेर त्यहीअनुसार खानेपानी क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।”
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले चौँरीदेउरालीले अगाडि सारेको ‘एक घर, एक धारा’ अभियान पूर्णता पाउने अवस्थामा पुगेको जानकारी दिए । वडा नं १ मा पानीको मुहान नै भएकाले धेरै नै पूरा भइसकेको, वडा नं २ नाग्रेगगर्चेमा लिफ्टिङको आयोजना अगाडि बढिरहेको, वडा नं ४, ५ र ६ को लागि चौँरीखोला लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको तथा वडा नं ७ मादनकुँडारीमा खानेपानी र सिँचाइ दुवैलाई हुने गरी चौँरीखोला मादनकुँडारी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको उनले जानकारी दिए । खानेपानीसँगै प्रदेश सरकारले प्राविधिक शिक्षा, सडक र अन्य भौतिक पूर्वाधार विकासका काममा आवश्यक बजेट व्यवस्थापन गरी जनताको आवश्यकता पूर्ति गर्न लागिरहेको बताए ।
सांसद गङ्गाबहादुर तामाङले एक घर एक धारा अभियानलाई पूरा गर्नका लागि बजेटको केन्द्रिकरण गर्दै थालेको कामले सार्थकता पाएसँगै उपभोक्ताको चाहना पूर्ति गर्न सफल भएको जानकारी दिए ।
माझीफेदालाई ‘एक घर, एक धारा’ निर्माण पूरा गरेपछि आधारभूत खानेपानी पहुँचयुक्त वडा घोषणा गरिएको छ । त्यहाँका ६७९ घरपरिवारलाई घर–घरमा खानेपानीको पक्की धारासहित आधारभूत खानेपानीको पहुँच पु¥याएपछि सांसद तामाङ र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री ढकालले संयुक्तरूपमा शुभारम्भ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार