आईपीएल क्रिकेटमा गुजरातको पहिलो हार, हैदराबाद आठ विकेटले विजयी
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १२:१२:५६
२९ चैत एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। सोमबार राति सम्पन्न खेलमा गुजरातलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको हो ।
जितका लागि पछ्याएको १ सय ६३ रनको लक्ष्य हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो। हैदराबादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले भने अभिषेक शर्माले ४२ रन बनाए ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १–१ विकेट लिए । मुम्बईको डिवाई पाटिल स्पोर्टस् एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो। उसका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले भने अभिनव मनोहरले ३५ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २–२ विकेट लिए ।
जारी आईपीएलमा गुजरातको यो पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जित निकाल्दै अपराजित रहेको थियो। हैदराबादको भने यो ४ खेलमा दोस्रो जित हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार