ताजपुरिया समाज कल्याण परिषद्मा नयाँ नेतृत्व
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १७:५६:३
२९ चैत,दमक। ताजपुरिया समाज कल्याण परिषद्को पाँचाँै महाधिवेशनले पूर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । गौरादह–५ मैदानघोपास्थित नमूना पाहुनाघरमा सोमबार सम्पन्न महाधिवेशनले सस्थाको उपाध्यक्षमा नन्दलाल ताजपुरिया, महिला उपाध्यक्षमा कल्याणी ताजपुरिया, महासचिवमा हर्देव ताजपुरिया, उपमहासचिवमा मंगलसिंह ताजपुरिया र कोषाध्यक्षमा शैलेन्द्रकुमार ताजपुरियालाई चयन गरेको छ । यसैगरी सदस्यमा गौरसिंह ताजपुरिया, रेणु ताजपुरिया, रमा ताजपुरिया, कालेन्द्र ताजपुरिया, मनकुमार ताजपुरिया, कुन्दन ताजपुरिया र दिलीप ताजपुरियालगायत चयन भएका छन् । परिषद् पूर्वका आदिवासी ताजपुरिया समुदायको सामाजिक संस्था हो ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा भएको महाधिवेशनमा झापा, मोरङ र भारतको बिहार तथा पश्चिम बङ्गालबाट सहभागिता जनाएका थिए । त्यस अवसरमा परिषद्ले समाजका युवा प्रतिष्ठित व्यक्ति, जग्गादाता र संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार