बीटीआइमा स्नातक अध्ययन सञ्चालन हुदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १७:२३:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/study_vuSwrY6fXQ.jpeg)
३० चैत, लुम्बिनी । बुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि यहाँको पुरानो प्राविधिक शिक्षण संस्था बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ ।
आगामी शैक्षिक सत्रदेखि सो तहको अध्यापन सुरु हुन लागेको हो । बुटवल उपमहानगरपालिकाको सहयोगमा इन्स्टिच्युट र काठमाडौँ विश्वविद्यालय काठमाडौँको सहकार्यमा चार वर्षे ब्याचलर अफ टेक्निकल एजुकेशन (बीटेकएड), जनरल मेकानिकल इन्जिनियरिङ जनरल विषयको पठनपाठन गर्ने गरी गत पुसमा सम्झौता भएको थियो ।
यो कार्यक्रमले लामो समयदेखि स्नातक कार्यक्रम सञ्चालन गर्ने योजना पूरा भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । आगामी असोजदेखि सुरु हुने शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तालिका तय भएको बीटीआइका कामु कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थीले जानकारी दिए ।
विसं २०२१ मा तीन जना प्राविधिक तालिम दिइ सुरु भएको बीटीआइले हालसम्म २५ भन्दा धेरै प्राविधिकले तालिम प्राप्त गरिसकेका छन् । हाल उक्त इन्स्टिच्युटमा दुई वर्षे १२१ जना, चार वर्षे ७६ जना, प्रिडिप्लोमा १५३ जना गरी जम्मा ३३२ अध्ययनरत छन् । यसबाहेक छोटो अवधि तालिम कार्यक्रमअन्तर्गत तीन हजार १८४ ले तालिम लिइसकेका छन् ।
बीटीआइबाट उत्पादिन प्राविधिक जनशक्ति हाल देशका विभिन्न उद्योगमा रोजगार पाएर खपत भएका छन् । विभिन्न उद्योगीले यहाँबाट उत्पादित जनशक्तिलाई रोजगार प्रदान गर्दैआएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले जानकारी दिए । बीटीआइमै तीन वर्षे शैक्षिक डिप्लोमा कार्यक्रम थप गर्ने र छिट्टै बीटीआइलाई इन्जिनियरिङ कलेजको रुपमा विकास गर्ने योजना रहेको बीटीआइका कामु निर्देशक पन्थीको भनाइ छ ।
यस्तै बीटीआइबाट उत्पादित जनशक्तिबाट सयौँ उद्योगको स्थापना र सञ्चालन भएका छन् । उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव र सीप नभएको जनशक्ति मात्र उत्पादन गर्दा काम नपाउने र बेरोजगार बन्नुपर्ने भएकाले नेपालमै पहिलो पटक विसं २०२० मा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण केन्द्रका रुपमा बीटीआइको स्थापना भएको हो ।
यस संस्थामा हाल डिप्लोमा तालिम कार्यक्रमअन्तर्गत चार वर्षे मेकानिकल, बिल्डिङ र इलेक्ट्रिकल, जुनियर टेक्निसियनअन्तर्गत दुई वर्षे मेकानिकल, बिल्डिङ, कार्पेन्ट्री र बिल्डिङ एण्ड कन्स्ट्रक्सन, प्रिडिप्लोमा तालिम कार्यक्रमअन्तर्गत दुई वर्षे मेकानिकल र इलेक्ट्रिकल, एक हप्तादेखि छ महिनाका मागमा आधारित विभिन्न तालिम सञ्चालन हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार