नबिल बैंक र हेफर इन्टरनेशनल नेपाल बीच सम्झौता: महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता विकास र वित्तीय पहूँच प्रबर्धन गरिने
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १८:१४:२३
१ बैशाख, काठमाडौं । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रबर्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्येकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिलाप्रसाद ओझाको समेत उपस्थिति थियो ।
कृषि अन्तर्गत तरकारी खेती तथा माछापालन एवं पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङ अन्तरगतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यबसाय विस्तार गर्ने क्षमताको मुल्यांकन र विकासमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर इन्टरनेशनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानिय सरकार समेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् ।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार