विपद्का दृष्टिले वर्ष २०७८ः ५०७ जनाको मृत्यु, ७७ जना बेपत्ता र साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार १९:१९:३६
१ वैशाख, काठमाडौं । विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएका छन् ।
२०७८ वैशाख १ गतदेखि चैत ३० गतेसम्मको अवधिमा देशभर भएका ३ हजार ९०८ वटा विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।
पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पको टोकाई, आगलागी, हावाहुरी, जनावरको आक्रमण, महामारी ‘कोरोना वाहेक’, हिउँहुरी, हिउँ पहिरो, लेक लागेर, डुंगा दुर्घटना जस्ता विपद्का घटनामा परी उनीहरुको ज्यान गएको हो ।
गतवर्ष विपद्का घटनामा परी ७७ जना बेपत्ता र १ हजार ७८१ जना घाइते भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट गतवर्ष ६ हजार १४४ परिवार प्रभावित भएका थिए ।
केन्द्रका अनुसार २०७८ सालमा विपद्का घटनाले देशभर २ अर्ब ६१ करोड २८ लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
अघिल्लो वर्ष २०७७ मा विपद्का घटतनामा परी देशभर ५९४ जनाको मृत्यु, १०२ जना बेपत्ता र १ हजार १७२ जना घाइते भएका थिए । उक्त वर्ष विपद्का घटनाले २ अर्ब २ करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।
गत २०७८ सालमा सबैभन्दा ठूलो मानविय क्षति पहिरोका कारण भएको छ । पहिरोमा परी गतवर्ष १८२ जनाको मृत्यु भएको थियो ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ सालमा आगलागीमा परी ९४, चट्याङ लागेर ५६, बाढीमा परी ६३, जनावरको आक्रमणमा परी ४८, भारी वर्षाका कारण २२, सर्पको टोकाइबाट २१, हावाहुरीबाट ३, महामारीबाट ४, हिउँ हुरीबाट ४, लेक लागेर ३, हिउँ पहिरोबाट २, डुंगा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।
गतवर्ष विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ । आगलागीले २०७८ सालमा २ अर्ब २६ करोड ८७ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गतवर्ष भारी वर्षाले १२ करोड ९० लाख ४४ हजार १२० रुपैयाँ, बाढीले ११ करोड ५३ लाख ९१ हजार ५ सय रुपैयाँ र पहिरोले ३ करोड ४६ लाख रुपैयाँको आर्थिक क्षति गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार