सशस्त्रमा १८ दिनपछि को बन्ला नयाँ आईजीपी ?
नेपालबहस संवाददाता
बैशाख १, २०७९ बिहिबार २२:३८:११
१ वैशाख, काठमाडौं । अबको १८ दिनपछि एआईजी पद रिक्त हुने भएकाले हाल रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट सशस्त्रको १२औँ आईजीपी नियुक्त गरिने सम्भावना पनि छ । हाल एआईजीको दुई सिट मध्ये एउटा खाली छ । तर गृहमन्त्रालयको बढुवा समितिले बुधबार नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिकाे प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेश गर्न तीन दिनको समयसीमा दिइसकेको छ ।
आईजीको फूली लगाए कै दिन केसीले बुढुवा समितिका सदस्यसचिवको हैसियतले दावी पेश गर्न सूचनामार्फत डीआईजीहरूलाई आग्रह गरे । वरियतामा अगाडि रहेका हालका डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्येबाट एकजना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुने र उनी नै भावी आईजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विदुर खड्काका अनुसार अर्याल एक नम्बरमा छन् भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा छन् । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् ।
केसी १९ दिने आईजीपी
पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमबार आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद बैठकको निर्णयबाट सरकारले केसीलाई ११ औँ महानिरीक्षकमा बढुवा गरेको हो ।
खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आईजीपी केसी अतिरिक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकाश पाउने थिए, तर सशस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकाश हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो ।
सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आईजीपी भएको चार वर्ष जुनअघि आउँछ, त्यही मितिबाट अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था छ ।आईजीपीका प्रतिष्पर्धीमा उनीसँगै सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक रामशरण पौडेल पनि थिए, तर वरियताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उनीहरु यही वैशाख १८ गते अवकाश लिँदैछन् ।
विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मिएका सशस्त्र प्रहरी महानिरीक्षक केसी हाल काठमाडौंको हात्तीगौडामा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गरेका केसीले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणमकाे झण्डामुनी रहेर सेवा दिन तल्लिन भएका थिए ।
विसं २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल, नेपालमा स्थानान्तरण भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषदकाे २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका छन्। महानिरीक्षक केसीले सुकीर्तिमय राष्ट्रदिप (तृतीय), सुप्रबल जनसेवाश्री तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथो, प्रसिद्ध सेवा पदक, यूएन सेवा पदक, परदेश सेवा पदक, गद्धी आरोहरण रजत पदक, दुर्गम सेवा पदकलगायत १२ विभुषण, मानपदवी, पदक तथा अलङ्कारबाट विभूषित भएका छन् ।
केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गणलगायत कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन् । उनले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाका साथ व्यावसायिक भइ कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी कर्मचारीले आगामी दिनमासमेत नियुक्तिका क्षेत्रहरुमा उच्च हौसलाका साथ चेन अफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशिल हुन केसीले अपेक्षा गरे । सङ्गठन सुदृढीकरणका लागि योजना प्रस्तुत गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढङ्गले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, सङ्गठन व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार