पश्चिम नवलपरासीको सीमा क्षेत्रमा व्यापक तस्करी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १८:२०:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/taskari-nabalparasi_LC6lkBZSVr.jpg)
२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरीले सीमा सुरक्षाको जिम्मेवारी लिएपनि सीमा क्षेत्रमा तस्करी गर्न त्यहाँका अधिकारीहरु नै लागि परेको रहस्य खुलेको छ । पश्चिम नवलपरासीको सीमा नाकाको मुख्य जिम्मेवारी पाएकाे सशस्त्र प्रहरीले नै विभिन्न नाकाहरुबाट तस्करी गराएको रहस्य बाहिर आएको हो । सशस्त्र प्रहरी बल बेलासपुरका एसपी रुपकुमार क्षेत्रीकै निर्देशनमा सीमा क्षेत्रमा तस्करी खुला गरिएको प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल बीओपी भुजहवा, गेरमाको मिलोमतोमा भुजहवा, गेरमा, परासी भई व्यापक रुपमा तस्करी भईरहेको अहिले नवलपरासी जिल्लामा नै चर्चा मात्र भएको छैन, सशस्त्र मूख्यालयको गुनासो शाखामा उजुरी समेत परेको थियो । तर मूख्यालयले गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा त्यसलाई मुल्तबीमा राखेको छ । सशस्त्र प्रहरीले सीमा नाकामा स्वयं आफै खटी तस्करीको सामानहरुको स्कटिङ्ग गरि कटाउने गरेको छ ।
भुजहवा, गेरमा नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरूलाई छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस भन्दै एस्कटिंग गरि तस्करी गराउन सशस्त्रको एउटा गाडी नै त्यहाँ पठाइएको हुन्छ ।
जिल्लामा गाडी नभएको बेला पनि भुजहवा नाकामा एसपीको गाडी त्यही राख्ने गरेको त्यहाँ एक सशस्त्र प्रहरीले बताए । त्यसका लागि प्रहरी निरीक्षक धनबहादुर बूढालाई खटाइएको छ । १८ महिनादेखि उनको सरुवा समेत भएको छैन । अर्थमन्त्री जनार्दन शर्माको नजिक रहेको भन्दै १८ महिनादेखि त्यही बसिरहेका छन् ।
उनले थोरै संख्याका प्रहरीलाई नाकामा खटाउनुको साटो घर बिदा छाडेर एसपीका घुमुवाहरुमार्फत तस्करीका सामान सीमा कटाउने भूमिका खेलेको पनि स्रोतले जनाएको छ । भुजहवा, गेरमा सीमा नाकामा मुख्य कारोबार अहिले भारत बिहार सीमा नजिक पर्ने बरगदवा बजार, ठुठीबारी बजार, लक्ष्मीपुर बजारबाट हरियाे मटर, बोईलर कुखुरा र कपडा, मार्वलको तस्करी चलिरहेको छ ।
यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डियाबाट किराना आईटम, कपडा, हार्ड्वेयर, मोटरपार्ट्स, सुर्ती पदार्थ पनि चल्ने गरेको छ । यस्तै नेपालबाट मोटर ,घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी, नेपाली पाइप लगायतको तस्करी भइरहेको छ । यस्तै मोटो रकम महिनावारी बुझाउँदै भैसीराँङ्गाको रातभरी तस्करी भईरहेको स्थानीयहरुले बताएका छन् ।
यस्ता भ्रष्ट इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । सो विषयमा धेरै पटक सशस्त्र प्रहरी मूख्यालयमा उजुरी परेको भएपनि प्रहरी निरीक्षक बूढाले जनार्दन शर्मा निकट रहेको भन्दै सो उजुरीलाई मुल्तबीमा राखेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार