सशस्त्र प्रहरीमा दुई दर्जन अधिकारीहरुको भागाभाग
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १४:३९:५
२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरीमा यतिबेला दुई दर्जन अधिकारीहरुको भागाभाग भएको छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक ‘आईजीपी’ शैलेन्द्र खनालको सचिवालयमा बसेका र उनी निकट भएर काम गरेका अधिकारीहरुलाई पेल्न शुरु भएपछि भागभाग भएको हो ।
यतिबेला आफू अनुकुल रहेको स्थानमा रमाना लिएर जाने र सचिवालयमा हाजिर हुन आउनेहरुको सचिवालयमा घुइचो लागेकाे छ । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी लिइरहेका एसएसपी कमलप्रसाद तिउसिना हटाइएका छन् । उनको स्थानमा डीआईजी विदुर खड्कालाई ल्याइएको छ ।
तिउसिनालाई त्यहाँ आएको तीन महिना पनि नपुगी हटाइएको हो । तिउसिना यसअघि खनाल निकट रहेर काम गरेका एसएसपी हुन् । प्रवक्ताको जिम्मेवारीमा आउनु अघि उनको कार्यालयमा गृहमन्त्रालयले छापा मारेर कागजपत्र समेत नियन्त्रणमा लिएको थियो ।
उनी मिडियाप्रति सकारात्मक नहुने भएकै कारण त्यहाँबाट हटाइएको स्रोतको दावी छ । त्यसैगरी विशेष व्यूरोमा रहेका शेरबहादुर अधिकारीलाई पनि हटाइएको छ । उनलाई साे स्थानबाट भानु देउवाका ज्वाई दीपेन्द्र कुँवरले हटाउन लगाएका थिए । उनी त्यहाँ आएका छन् । उनलाई मिडियामा समाचार दिएको आरोपमा हटाउन लगाइएका छ । हल्चाेकस्थित प्रधान कार्यालयमा उनै कुँवरको आतंक रहेको छ । सशस्त्र मुख्यालयमा त्यसलाई ‘ज्वाई’ आतंक नामाकरण गरिएकाे छ ।
त्यसैगरी खनालका स्वकीय पीएसओ रहेका नारायण गुरुङले २० दिनको बिदा लिएका छन् । उनी नयाँ आईजीपी नियुक्ति हुने बेलामा मात्रै मूख्यालयमा हाजिर हुनेछन् । त्यसैगरी तत्कालीन सचिवालय मातहत रहेर काम गरेका प्रहरी कर्मचारीहरुको अहिले प्रहरी मूख्यालयमा हाजिर गर्न भ्याइनभ्याई रहेको स्रोतले जनाएको छ ।
‘आईजीपी रिटायर्ड भएपछि त्यहाँ सचिवालयमा रहेकाहरुलाई पेलेर राख्ने र सकेसम्म टाढा धपाउने काम गरिन्छ यस्तो सधैं भैरहन्छ’, मूख्यालयका एक अधिकारीले भने । उनका अनुसार १९ दिनका लागि आईजीपी नियुक्त भएका पुष्पराम केसीसँग नजिक भएका अधिकारीहरुले अघिल्लो सचिवालयमा रहेका अधिकारीहरुलाई पेल्न शुरु गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार