दरबार मार्गमा खुल्यो ‘दरबार सिनेम्याक्स’
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार २१:१४:३४
२ वैशाख, काठमाडौं । नयाँ बर्ष ०७९ को अवसर पारेर बिहीबारदेखि दरबार मार्गस्थित दरबार मलमा अत्याधुनीक सुबिधा सम्पन्न मल्टिप्लेक्स सिनेमा हल ‘दरबार सिनेम्याक्स’ संचालनमा आएको छ ।
बिगत अढाइ दशकदेखि ग्वार्काेमा गुण सिनेमा हल संचालन गरिरहेको गुण ग्रुपकै स्वामित्वको ‘दरबार सिनेम्याक्स’ को ब्याबस्थापन भने क्युएफएक्सले गरेको छ ।
५० र ५३ सिट क्षमताका दुईटा हलमा अत्याधुनीक प्रबिधिका साउन्ड सिस्टम,फोल्डिङ सिट र स्क्रिन जडित छन् । ‘दरबार सिनेम्याक्स’ का प्रबन्ध निर्देशक दीप्रश शाक्यले दर्शकले हलमा आफ्नो इच्छा अनुसार सिट फोल्ड गरेर फिल्म हेर्न पाउनुका साथै अर्डरअनुसार सिटमै खाना तथा वार सेवा समेत उपलब्ध रहेको जानकारी दिएका छन् ।
गुण ग्रुपका प्रमुख राजेन्द्र (दिजेन्द्र) शाक्य,प्रबन्ध निर्देशक दीप्रशलगायत शाक्य परिवारले पूजाआजा गरि हलको शुभारम्भ गरेका थिए । कार्यक्रममा फिल्म निर्माता छबिराज ओझा,पत्रकार प्रकाश सुवेदी,टीकाराम नेती,चलचित्र पत्रकार तथा निर्माता,निर्देशक लक्ष्मण सुवेदीलगायतका ब्यक्तित्वको उपस्थिति थियो ।
प्रबन्ध निर्देशक शाक्यले दर्शकको रुचि,सुरक्षा,गुणस्तरिय प्रबिधि र सुबिधालाई ध्यानमा राख्दै लक्जरीयस् हल संचालनमा ल्याइएको बताए । ‘ए मेरो हजुर–४’ र ‘केजीएफ–२’ बाट औपचारिक प्रदर्शन थालीएको पहिलो दिन बिहानको शो देखिनै दुवै हल हाउसफूल भएको जानकारी उनले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार