सशस्त्र प्रहरी तस्करी र अपराध नियन्त्रण गर्न सक्रिय, कुखुरासहित चारवटा मोटरसाइकल नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शनिबार ०:१८:५८
♦जगन्नाथ साह सोनी
२ बैशाख, सर्लाही । सर्लाहीस्थित सशस्त्र प्रहरी तस्करी र अपराध नियन्त्रण गर्न कस्सिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका ब्रोइलर कुखुरासहित चारवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहानको समयमा तीनवटा भारतीय नम्बर प्लेट भएका र एउटा नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा कुखुरा लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । कुखुरा ओसारपसारमा संलग्न व्यक्तिहरु भने फरार भएका छन् ।
बीओपी सखुअवाका प्रहरी नायव निरीक्षक रमेश घिमिरेको नेतृत्वमा गएको सुरक्षा टोली र प्र बल १० नं. गण सर्लाहीबाट सप्रनि रामकेवल राय यादव र प्रज रोशन मिश्रको स्वायड टोलीले नेपाल भारत सीमानाकाे दशगजा इलाकामा भारतबाट ल्याउँदै गरेको सूचनाका आधारमा अवैध रूपमा भित्र्याउन लागिएकाे ब्रोइलर कुखुरासहित चारवटा वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
शुक्रबार बिहान ६ बजेको समयमा भारतबाट अवैध रुपमा कुखुरा ल्याउँदै गरेको सूचनाका आधारमा पर्सा गाउँपालिक ६ स्थित नेपाल भारत सीमा अन्तरगत दशगजा क्षेत्रमा सुरक्षा टोली पुग्ने वित्तिकै कुखुरा बोकेर आएका व्यक्तिहरु मोटरसाइकल छोडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
कुखुरा ओसार्दै गरेको बेला सशस्त्र प्रहरीले जाँच गरिरहेको देखेर मोटरसाइकल छाडेर ओसार्ने व्यक्ति फरार भएका थिए । अवैध रुपमा ओसारिएको अवस्थामा बरामद गरिएका कुखुरा र मोटरसाइकल सशस्त्र प्रहरीको बीओपीमा ल्याएर राखिएको सशस्त्र प्रहरी नायव निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।
बरामद भएका कुखुरा ६८० केजी र साेको मुल्य २ लाख पर्ने बताइएको छ । यस्तै मोटर साइकलको मुल्य २ लाख ४० हजार भन्दा बढी पर्ने बताइएको छ । बरामद कुखुरा पशु क्वारेन्टाइनसँग सल्लाह गरी नष्ट गरिने र मोटरसाइकल भन्सार कार्यालयमा बुझाइने भएकाे छ ।
भारतमा उत्पादन लागत कम पर्ने भएकाले कुखुरा सस्तोमा पाइन्छ । बर्डफ्लु जस्ता रोग फैलिने भएकाले कुखुरा ओसारपसार निषेधित छ । तर, व्यापारीले अबैध रुपमा कुखुरा ओसार्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार