पाटनमा सविता र सरिताको अर्किड फेसन स्टुडियो
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २०:२१:२४
४ बैशाख, काठमाडौं । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिता श्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार पे्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे ।
फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले सहरमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गरे । ‘हामी फेसन क्षेत्रका व्यक्तिका लागि खुसीको कुरा हो’ उनले भने, ‘फेसन बजारमा यस्ता बुटिकहरु खोलिनुपर्छ ।’
उनले फेसन डिजाइनरद्वय सविता र सरितालाई बधाई दिँदै भने, ‘म उहाँलाई बधाई दिन चाहन्छु, आजदेखि पाटनमा नयाँ फेसन स्टुडियो थपिएको छ, जसले फेसनपारखीहरुको इच्छालाई पूरा गरोस् ।’ उनले नेपाली समाज फेसन कन्सस रहेको भन्दै डिजाइनरहरुको भविष्य उज्जल रहेको बताए ।
यस्तै, ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवालले भने फेसन बजारमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गर्दै डिजाइनरद्वयलाई बधाई दिए । उनले भने, ‘म पनि सुरुमा फेसन डिजाइनर नै हुँ । त्यसपछि मात्र फोटोग्राफर भएको हुँ ।’ फोटोग्राफी पनि फेसनसँगै जाडिएको पेसा भएको भन्दै उनले भने, ‘हाम्रो लागि यस्ता बुटिकहरु थपिएको राम्रो । म उहाँहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।’
सविता र सरिताले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लो कोर्ष पूरा गरेका हुन् । पाटनका स्थानीय सविता र सरिताले ‘अर्किड फेसन स्टुडियोलाई संयुक्त लगानी सञ्चालनमा ल्याएका हुन् ।
फेसन स्टुडियो उद्घाटनपछि उनीहरुले भने, ‘हामीले सँगै आईआईएफटीमा डिजानिङ सिकेका हौँ । अहिले कोर्ष पूरा गरेपछि मिलेरै फेसन स्टुडियो सञ्चालनमा ल्याएका हाँै ।’ सविताले भनिन्, ‘हामी ग्राहकको अर्डरअनुसार पहिरन तयार गर्नेछौँ । अरु बुटिकमा जस्तो पहिरन उपलब्ध हुन्छ, फेसन स्टुडियोले पनि त्यही सेवा उपलब्ध गर्नेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार