स्थानीय निर्वाचन सुरक्षाका लागि सेनापतिको चार बुदे निर्देशन
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ सोमबार ४:८:६
४ बैशाख, काठमाडाैं । नेपाली सेनाले सुरक्षास्थितिको निरन्तर मूल्यांकण गर्न मातहत निकायलाई निर्देशन दिएको छ । सैनिक जंगी अड्डामा आयोजित एक कार्यक्रममा चार वटै कमाण्ड प्रमुखहरुलाई सो निर्दैशन दिइएको हो ।
सैनिक मूख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुलाई निर्दैशन दिएको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ । प्रधानसेनापति शर्माले वैशाख ३० मा हुने ‘स्थानीय तह निर्वाचन–२०७९’ स्वतन्त्र, निष्पक्ष, विश्वासनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सेनालाई प्राप्त जिम्मेवारी उचित ढंगले वहन गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको हो । निर्दैशनालयका अनुसार प्रधानसेनापति शर्माले चार बुँदे निर्देशन दिएका छन् ।
शर्माले आ–आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसाग असरदार रुपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने र नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्देशन जारी गरेका हुन् ।
विज्ञप्ती अनुसार प्रधानसेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना–२०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार