ट्रकसहित ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान नियन्त्रणमा
आबिद हुसेन
बैशाख ५, २०७९ सोमबार १६:३५:३८
५ बैशाख, वीरगंज । सशस्त्र प्रहरीले ट्रकसहित ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान नियन्त्रणमा लिएको छ ।
वीरगंजको गण्डकबाट सशस्त्र प्रहरीले ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भित्र्याइएको सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बाट अवैध रुपमा राजस्व छली भित्र्याइएको सामान वीरगंजबाट काठमाडौं तर्फ लैजान लागेको अवस्थामा प्रज्ञापन पत्र भन्दा बढीको सामान बोकेको ना ६ ख ४४७४ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरीले ट्रकबाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको मोबिल, भारतीय कपडा र खुद्रा सामान र २० लाख मूल्य बराबरको ट्रक गरी ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि ट्रकलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार