सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १६:३५:१३
६ वैशाख,कर्णाली । सुर्खेत उद्योग वाणिज्य संघकाे अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन्।
कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरे। संघमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष थिए ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी भएका छन् । त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भए ।
सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा, अजय गुरुङ, अर्जुनजङ्ग शाही, गणेश खड्का, दीपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुसाल, जनक थापा र सन्तोषकुमार बराइली निर्वाचित भएका छन् । संघमा नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार