बीरगञ्जको समृद्धि, सुशासन एवम् पारदर्शिताका लागि एकजुट हुन् आवश्यक : नेता राजेशमान सिंह
आबिद हुसेन
बैशाख ६, २०७९ मंगलबार २२:५२:३
६ बैशाख, वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ वडा इकाइ कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जसपा सांसद प्रदीप यादवले मधेशी जनताको मतबाट जितेर अहिले मधेश विरोधी ओलीको झोलीमा गएर मधेशी जनताको मतको अपमान गरेको बताएका छन् । उनकाे कटाक्ष बीरगञ्जका मेयर विजय सरावगीप्रति लक्षित थियाे ।
समाज र पार्टीमा कुनै योगदान नभएका व्यक्ति सरावगीलाई टिकट दिलाएर जिताएकोमा पश्चाताप लागेको बताउँदै यादवले भने, व्यापारीहरुले मात्रै चिनेको र बीरगञ्जका वडाबासीले नचिन्ने व्यक्तिलाई जिताएर गल्ती गरे, त्यो गल्तीको लागि म सबैसँग माफी चाहन्छु । तर अब यस्ता गल्तीलाई दोहोरिन दिन छैन ।’
दक्षिणा नबुझाउने शिक्षकहरुको वर्षमा ३ पटक सरुवा गरेर दुःख दिने र अन्य शिक्षकहरुबाट समेत सरावगीले पैसा असुलेर शिक्षामा भ्रष्टाचार गरेको सांसद यादवको आरोप छ । उनले भने, ‘शिक्षकहरुबाट पैसा असुल्ने अनि विद्यालयको शैक्षिक सुधारको कसरी हुन सक्छ ? ’ स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि व्यापक भ्रष्टाचार गर्ने र वास्तविक पीडितलाई मारमा पारेर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कृषि सम्बन्धी तालिमहरुमा सहभागी बनाउने र कृषि सम्बन्धी राहत तथा अनुदान पनि किसानको नाममा खाने नेताहरुलाई दिने यादवको भनाई छ ।
बीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाबाट राजेशमान सिंहलाई जिताउन आग्रह गर्दै सांसद यादवले भने, ‘राजेशमान जी मेयरमा निर्वाचित भएपछि पानी र बिजुलीमा न्युनतम शूल्क मिनाहा गर्ने छौँ । यसका साथै पञ्चायती व्यवस्थादेखि बहुदलसम्म आउँदा पनि कहिलै तिर्न नपरेको सरसफाई सम्बन्धी कर हामी हटाउने छौँ ।’ नगरपालिकामा अन्य उत्पादनका स्रोतहरुको निर्माण गरी नगरबासीबाट लिइने करको दरलाई घटाएर दायरा बढाउने यादवको भनाई छ । मधेश आन्दोलनताका सिंहले देखाएको सक्रियताबाट प्रभावित भएको बताउँदै राजेशमानबिना बीरगञ्जको बिकास अधुरो हुने बताए ।
वर्तमान मेयर सरावगीले चितवनसहित बाहिरका व्यक्तिलाई रोजगारी दिएको बताउँदै सांसद यादवले सिंह मेयर बनेपछि बीरगञ्जबासीलाई नै रोजगारी दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । मेडिकल माफिया, तेल माफिया एवम् भ्रष्टाचारी तथा कमाउनिष्टहरुलाई परास्त गरेर समृद्धि, सुशासन एवम् पारदर्शिताका लागि एकजुट हुनुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् ।
त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले जनताका आधारभूत आवश्यक्तालाई प्राथमिकता दिएर काम गर्ने बताए । जनताको मन, मत र विश्वासलाई कहिलै पनि कम हुन नदिएर जनताकै बीचमा रही जनताकै लागि काम गर्ने बाचा पनि सिंहले गरेका छन् ।
नगरबासीको जीवनस्तर उकास्नका लागि जनता समाजवादी पार्टी ‘जसपा’ लाई नै जिताउनुपर्ने सिंहको आग्रह छ । जनताका आधारभुत आवश्यकताहरुलाई वेवास्ता गरेर ठुला ठूला सपनाहरु बाँड्नेहरुदेखि अब सचेत हुनुपर्ने बताउँदै सिंहले जसपाले नै मधेशका मुद्धाहरुको सम्बोधन गर्ने बताए ।
सम्भावनाको शहर बीरगञ्जको स्रोत साधनलाई भरपुर रुपमा सदुपयोग गरेर बीरगञ्जको मुहार फेर्ने महाअभियानमा हातेमालो गर्न उनले आग्रह गरेका छन् । कार्यक्रममा वडा इकाई कमिटीका पदाधिकारी, जसपाका नेता, कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार