चुरे क्षेत्रको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण’
आबिद हुसेन
बैशाख ६, २०७९ बुधबार ०:२२:३९
६ बैशाख, बीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेशको जीवनसँग जोडिएको चुरे संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न व्यवस्थित योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
बाराको निजगढमा चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालको प्रथम राष्ट्रिय परिषद् सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले चुरे क्षेत्रको संरक्षण गरी पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
मधेश प्रदेश कृषिको उर्वर क्षेत्र भएको र चुरे मधेशको जीवनसँग जोडिएको हुँदा कृषि उत्पादन र उत्पादकत्व बढाएर राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ तुल्याउन समेत चुरेको संरक्षण हुनुपर्नेमा उनले बताए ।
मुख्यमन्त्री राउतले मधेश प्रदेशको उर्वर भूमिको उपयोग गर्दै कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी कृषि, उद्योग र औद्योगीकरणसँगै पर्यटन प्रवर्द्धनबाट मात्रै मधेशको समृद्धि हुने बताए ।
उनले प्राकृतिक, सांस्कृतिक सम्पदा संरक्षण सहित आधुनिक सहर र बस्तीको पूर्वाधार विकास गर्दै मधेशलाई हरियाली, वातावरणमैत्री बनाउन प्रदेश सरकार लागिपरेको बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार