गुणस्तरीय शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २२:२१:१६
८ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।
बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याईन्। राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार सहयोग ‘प्याकेज’ ल्याउन विशेष अपिल पनि गरेकी छन् ।
विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीलाई पार लगाउन राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोगको आवश्यकतामा जोड दिँदै उहाँले प्रत्येक राष्ट्रको हितका लागि समग्र क्षेत्र, समग्र विश्वको दृष्टिकोणलाई अघि बढाउन आह्वान गरिन् ।
जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे चर्चा गर्दै विश्वको तामक्रम वृद्धि रोक्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताको अक्षरसः कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीले सबै देशलाई आग्रह गरिन् ।एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलन यही वैशाख ७ देखि ९ गतेसम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा परः विश्वव्यापी विकास र साझा भविष्यका लागि सहकार्य’ नाराका साथ जारी छ ।
राष्ट्रपति भण्डारीले मञ्चमा भएको छलफलबाट देशहरूलाई महामारी नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न तथा आर्थिक पुनरुत्थान हासिल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार