बगरमा खरबुजा खेती, राम्रो आम्दानीले किसान खुसी
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २२:४०:१७
–नारायणी रजौरे
८ वैशाख,दाङ । पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।
यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । बगरे खेतीबाटै लखपति बनेका उनीहरुमा अहिले ठूलो जोसजाँगर पलाएको छ । यसै व्यवसायबाट उनीहरुले आफूलाई आर्थिक रुपमा सफल र सवल बनाएका छन् ।लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगरको दक्षिणतर्फको जमिनमा अहिले हरियाली छाएको छ । यतिखेर सो जमिनमा खरबुजाका लदाबदी फलेका छन् ।
अहिले टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दै छ । ग्राहकहरुले बोटमै गएर किन्छन् र आनन्द लिन्छन् । ग्राहकहरु आफैले टिपेर किन्न त्यहाँ पुग्ने गर्दछन् ।
तिनै पौरखी किसानमध्येकी एक हुन् ४९ वर्षीया सनकुमारी चौधरी । बलरामपुर गाउँकी उनी पनि अहिले बालुवामै खरबुजा फलाउन व्यस्त छिन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरु बेमौसमी तरकारीको पनि खेती गरेका छन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।
लमही नगरपालिका–४ को सिम्रहवामा बस्दै आएकी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोपेकी छिन् । उनले भनिन् “पहिला नदीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई विचल्ली नै पार्यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्ने, घरखर्च चलाउने र यतिमात्र नभएर छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ । ”
पछि राप्ती नदीले आफनो धार परिर्वतन गर्यो । त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । त्यसपछि सबै गाउँलेले सल्लाह गरेर यो खेतीको कार्यक्रम बनाएको चौधरीले सुनाइन् । ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ । सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफै लखपति भएका छन् । उनीहरु आफैले मनग्य आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा गरेका छैनन् ।
चौधरीको छ जनाको परिवार छ । छोराछोरी पढ्न जान्छन् तर चौधरीका अरु सबै परिवार यही बगरको खेतीमा हुन्छन् । दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारी छन् ।
उनीहरुको आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने सनकुमारीले बताइन् । बेमौसमा पानीको समस्या हुने भएकोले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गरेका छन् । खोलाको पानी बोकेर ल्याई सिँचाइ पुर्याउने गरेको उनले सुनाइन् ।स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी सस्थाले बगरखेतीको लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ । तर त्यो पर्याप्त नभएकाले आफूहरुले नै मल बीउ किनेर खेती गरिरहेको किसानको भनाइ छ । आफूहरुले रमाएर खेती गरिरहेको किसान सुनाउँछन् ।
सोही ठाउँकी रीता चौधरीले पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट आफुहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । “सुरुमा त निराश पनि भयौँ । हामीले यो बालुवामा केही फलाउन सकौँला जस्तो पनि लागेको थिएन । तर अहिले भने आफ्नो मुख्य आम्दानी नै यही भएको उनीहरुको अनुभव छ । मासिक सबै खर्च पुर्याएर केही थोरै भए पनि बचत गर्न पाउँदा खुसी लागेको उनीहरु सुनाउँछन् ।
तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको उनले बताइन् । सबै खर्च कटाएर एक मौसममा रु एक लाखदेखि डेढलाखसम्म बचत गर्ने गरेको उनको भनाइ छ । उनले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गरिदिए यहीँ नै ठूलै आम्दानी गर्न सकिने बताइन् ।
लमही नगरपालिका– ४ की ३७ वर्षीया माया चौधरीले पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताइन् । उनले पनि एक बिघा जमिनमा खरबुजा र एक बिघा जमिनमा बोडी, लौका फर्सी, भण्टा ,काँक्रा लगाएकी छिन् । उनले पनि एक मौसममा रु डेढ लाख जति आम्दानी भएको सुनाइन् ।
लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा अहिले दुई हजार भन्दा बढी किसानले बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका छन् । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका दुई हजार १८ जना किसानले १०२ वटा समूह बनाएर सामूहिक बगर खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार