निर्वाचनमा कुनै अराजक गतिविधि हुन नदिन सीमा क्षेत्रमा निगरानी बढाइने
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार २०:६:३३
– मोहम्मद सदरुल
९ वैशाख, विराटनगर । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै राजनीतिक दलहरुमा चहलपहल बढेको छ ।
मोरङको प्रमुख निर्वाचन अधिकृतको कार्यालय विराटनगरको नेपाल रेडक्रस सोइसाइटी भवनको परिसरमा स्थापना गरिएको छ भने अन्य निर्वाचन अधिकृतको कार्यालय प्रत्येक पालिकामा अलग अलग स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भरत लाम्सालले जानकारी दिए । निर्वाचन नजिकिँदै गएपछि निर्वाचन कार्यालय र राजनीतिक दललाई भ्याइनभ्याइ भइरहेको अवस्था छ ।
प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडासदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा प्रदेश भरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० ले पहिलोपटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कुल २९ लाख ९३ हजार ७७४ ले आ–आफ्नो मताधिकार प्रगोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वतन्त्र बनाउन प्रदेश निर्वाचन कार्यालयले जिल्लामा निर्वाचन अधिकृतको कार्यालयलाई विभिन्न अनुसूची, मतदाता नामावली ९सादा०, दस्तखत नमूना, नमूना मत पठाउने कार्य दुई दिन आगाडिदेखि सुरु गरेको छ ।
गएको स्थानीय तहमा जनप्रतिनिधि भएका पालिका प्रतिनिधि उम्मेदवार सुनिश्चि हुने भएपछि राजिनामा पनि दिने कार्य तीव्ररुपमा अघि बढेको छ । विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुने सुनिश्चित भएपछि उहाँले राजीनामा दिएर आफ्ना राजनीतिक गतिविधि अगाडि बढाएका छन् ।
प्रदेशका सम्पूर्ण स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका र शनिबार प्रदेशभरि जिल्ला निर्वाचन अधिकृत तथा स्थानीय पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफनो मताधिकार प्रयोग गर्ने भएका छन् । प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन् । प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।
जिल्लागत रुपमा हेर्दा ताप्लेजुङमा पुरुष ४७ हजार ५५ तथा महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताले ७३ मतदान स्थल र १२२ मतदान केन्द्रमा मतदान गर्नेछन् । पाँचथरमा पुरुष ७३ हजार ५७८ तथा महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाता रहेका छन् । जिल्लामा १०१ मतदानस्थल र १७६ मतदान केन्द्र छन् ।
इलाममा पुरुष एक लाख ५५ हजार ५५४ र महिला एक लाख नौ हजार १९२ तथा अन्य दुई गरी जम्मा दुई लाख २४ हजार ७४८ मतदाता, १५१ मतदानस्थल र २८५ मतदान केन्द्र छन् । झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । सङ्खुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदानस्थल र १६२ मतदान केन्द्र निर्धारण गरिएको छ । तेह्रथुममा पुरुष ३६ हजार ९७३ र महिला ३५ हजार ९२२ गरी जम्मा ७२ हजार ८९५ मतदाता, ५७ मतदानस्थल तथा ९५ मतदान केन्द्र छन् ।
भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदानस्थल र १६० मतदान केन्द्र तोकिएका छन् । यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ गरी जम्मा एक लाख १५ हजार ९६४ मतदाता, ११८ मतदानस्थल र १५९ मतदान केन्द्र कायम गरिएको बताइएको छ ।
मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि जनाले ३०० मतदानस्थल ३०० र केन्द्र ८२० कायम गरिएको छ । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदानस्थल तथा ५८१ केन्द्र निर्धारण गरिएको छ ।
सोलुखुम्बुमा पुरुष ४१ हजार २६०, महिला ३८ हजार ७५९ गरी जम्मा ८० हजार १९ का लागि १२२ मतदानस्थल र १३४ केन्द्र व्यवस्था गरिएको छ । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ का लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।
ओखलढुङ्गामा पुरुष ५९ हजार १६२, महिला ५७ हजार ९२२ र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदान स्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
यसैगरी उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ ले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् । प्रदेशमा सबैभन्दा बढी मतदाता मोरङमा सात लाख १५ हजार २२३ रहेका छन् भने सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८९५ रहेको जनाइएको छ ।
एकमात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि मतदानस्थल २९ र मतदान केन्द्र १४० छन् । मोरङमा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन् । त्यसमा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ छन् भने महानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा यस वर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ मतदाता थप भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश लम्सालले निर्वाचन कार्यालयबाट सम्पादन हुने काम निकै सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन निष्पक्ष, भयरहित, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्न सबैको साथ सहयोगको आवश्यकता औँल्र्याएका छन् ।
निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष, मितव्ययीता एवं धाँधलीरहित सम्पन्न गर्नका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अपनाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
उनले निर्वाचनका दिन मतदान केन्द्र र मतदानस्थललाई भयरहित एवं सुरक्षाको पूर्ण अनुभूति दिलाउन तीन घेरामा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहने तथा कुनै अप्रिय घटना हुने सम्भावना भएमा आधा घण्टाभित्र सेना सहितको सुरक्षा टोली पुग्ने तयारीका साथ अघि बढिरहेको जानकारी दिए ।
प्रजिअ दाहालले मोरङमा खुला सीमा पनि रहेको र नजिकिँदै गएको निर्वाचनमा कुनै पनि अराजक गतिविधि हुन नदिन सीमा क्षेत्रमा प्रहरीको निगरानी बढाउने तयारीका साथ अघि बढिरहेको जानकारी दिए । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले आगामी निर्वाचनका लागि सबै कार्यक्रम र तालिका सार्वजनिक भइसकेको जानकारी दिँदै निर्वाचनमा नागरिकदेखि राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासमेतले निर्वाचन आचारसंहिता पालनामा इमान्दारिता देखाउनुपर्र्ने कुरामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा : ३ महिनादेखि उत्पादन बन्द
माघ ३, २०८१ बिहिबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार