शान्ति मिसनमा सुडान जाने सशस्त्रलाई बिदाइ
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शनिबार २:३२:६
९ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडान जान लागेका टोलीलाई आज बिदाइ गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र सङ्गठनको नाम उच्च रहने गरी जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गरे ।
महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसङ्घीय मिसनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाति, भाषा, धर्म र लिङ्ग नभनी विश्वशान्ति स्थापनाको कार्यमा आआफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिए ।
उनीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतले शुभकामनासहित हार्दिक बिदाइ गरेका हुन्।
कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जुनियर अधिकृत र जवान गरी १८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार
आफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार