सशस्त्रमा सेवा अवधि बढाउने चलखेलः १५ दिनदेखि कर्णालीका डीआईजी काठमाडौंमा !
कुसुम सेञ्चुरी
बैशाख ११, २०७९ आइतबार २१:४३:१२
११ बैशाख, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षकको सेवा अवधि दुई वर्ष थप गरी ३२ वर्षे बनाउन लागि परेका एक डीआईजी विगत १५ दिनदेखि काठमाडौमा बसेको खुलेको छ । कर्णाली प्रदेश कार्यक्षेत्र रहेका डीआईजी अभि खत्री १५ दिनदेखि काठमाडौ बसेर सो चलखेलमा लागेको स्रोतले जनाएको छ ।
‘निर्वाचनको सुरक्षा जिम्मा लिएका डीआईजी खत्री काठमाडौमा बसेर ३२ वर्षे बनाउने खेलमा लागेछन्’, सशस्त्र प्रहरी बल कर्णाली प्रदेश कार्यालय स्रोतले भन्यो ‘प्रदेश कार्यालयबाट चैत २७ मा काठमाडौमा जानु भएको हो, आज या भोली मात्रै कार्यालयमा आउने जानकारी पाएका छौ ।
यही वैशाख १९ गते ३० वर्षे सेवा अवधिले अनिवार्य अवकाशमा जान लागेका आईजीपी पुष्पराम केसीले सेवा अवधि बढाउने चलखेल अघि नबढ्ने संकेत देखिएपछि उनी फर्कन लागेका हुन् । सशस्त्र प्रहरी बलका १९ दिने आईजीपी केसीले कार्यकाल बढाउन नियमावली नै परिवर्तन गर्ने चलखेलमा लागेका थिए । उनको सहयोगीका रुपमा चैत २७ मा डीआईजी अभि खत्री काठमाडौँमा आएका थिए । उनै डीआईजी खत्रीले केही ठेकेदारसँगको मिलेमतोमा सेवा अवधि बढाउने चलखेल गरेको स्रोतको दावी छ । हाल एआईजीका लागि तयारी अवस्थामा रहेका डीआईजीले समेत सरकारका अधिकारीलाई गुनासो गरेपछि अहिलेलाई सेवा अवधि रोकिन संकेत देखिएका हो ।
आईजीपी केसीले सहकर्मी एआईजी रामशरण पौडेललाई समेत थाहा नदिई ३२ वर्षे खेलमा लागेको थाहा पाएपछि उनी कार्यालयमा आउनसमेत छाडेका छन् । स्रोतका अनुसार कर्णाली प्रदेशमा कार्यरत डीआईजी खत्रीले आईजीपी केसीलाई साथ दिएका हुन् । खत्री आफै बद्नाम डीआईजी हुन् । त्यति मात्र नभई शनिबार गृहमन्त्री बालकृष्ण खाँणले सम्पर्क गर्दा उनी आफू कर्णालीमा भएको बताएका थिए । जबकी उनी चैत २७ देखि काठमाडौँमै बस्दै आएका थिए । शनिबार गृहमन्त्री खाँणले प्रदेश स्तरीय सुरक्षा अवस्थाका जानकारी लिन डीआईजी खत्रीलाई सम्र्पक गरेका थिए । तर, उनले आफू कर्णालीमा रहेको जानकारी दिएर ढाँटेको स्रोतको दावी छ ।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक केसीले उनै डीआईजी खत्रीलाई साथ लिएर नियमावली २०७२ परिवर्तन गर्न शक्तिकेन्द्र धाउन थालेका थिए । १९ दिनका लागि आईजीपी भएका केसीले सशस्त्र प्रहरी नियमावली ६५ को १ को ‘क’लाई सच्याएर २ वर्ष थप्ने खेल शुरु गरेका थिए । उनको अवकाश हुन अब ९ दिन मात्रै बाँकी छ । ९ दिनभित्रै नियमावली परिवर्तन गरेर आफू थप २ वर्ष आईजीपी हुने चलखेलमा लागेका हुन् ।
तत्कालीन केपी शर्मा ओलीको सरकारमा एमालेका उपमहासचिव विष्णु रिमालको सहयोगले आईजीपी शैलेन्द्र खनाललाई हटाउने प्रयासमा लागेका केसी त्यतिबेला असफल भएका थिए । भारतीय गुप्तचर विभागका रअका अधिकारीसँग बाक्लो उठबस भएका केसीले त्यतिबेला रिमालमार्फत आईजीपी हटाउने प्रयास गरेका थिए । रिमालसँग नजिक भएका केसीले चार वर्षसम्म नुवाकोटका कांग्रेस नेतालाई बिर्सेका थिए । तर, उनी आईजीपी हुनेबित्तिकै नुवाकोटका नेताहरूका फेर समातेर नियमावली परिवर्तन गर्ने चलखेलमा लागेका थिए ।
स्रोतका अनुसार ३० वर्षे सेवा अवधि हटाएर चार वर्षे सेवा अवधि बनाएमा उनले शक्तिकेन्द्रलाई ठूलो रकम प्रस्ताव गरिसकेका थिए ।आईजीपी केसीले आफ्नो कार्यकाल लम्ब्याउन केही दिनयता नुवाकोटका कांग्रेस नेताहरूमार्फत नियमावली परिवर्तन गर्ने कोशिसमा लागेको र आर्थिक प्रस्तावसमेत गरेको स्रोतले जनाएको छ । उनले कर्मचारी प्रशासनबाट फाइलहरु झिकाएर अध्ययन गर्ने गरेको र सरुवा बढुवामा समेत चलखेल गर्न थालेको सशस्त्र प्रहरी मूख्यालयले स्रोतले जनाएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार