इन्द्रेणी पार्क र सङ्ग्रहालय निर्माण अन्तिम चरणमा
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २०:२९:३८
१२ वैशाख, गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ ।
आर्थिक वर्ष २०७५-०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुरुप पार्क र सङ्ग्रहालय निर्माण थालिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
इन्द्रेणी पार्कमा हालसम्म सङ्ग्रहालय भवन, प्रतिक्षालय, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, बाथरुमलगायतका भौतिक संरचना निर्माण सम्पन्न भएका छन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ भने शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ पनि तयार भइसकेको छ ।
पार्कलाई हरियाली र आकर्षक बनाउनका लागि खण्डखण्डमा विभिन्न प्रजातिका सुन्दर फूल तथा बाह्रैमास हरियो रहने दुबो पनि सारिएको छ । फूल तथा दुबोलाई हरियाली बनाइ राख्न नियमित रुपमा पानीको ब्यवस्था गरिएको छ । त्यसका लागि बाबियाचौरका स्थानीयवासीले प्रयोग गर्ने मिटरको पानी जडान गरिएको छ । मिटरबाट नआएको समयमा म्याग्दी नदीबाटसमेत पानी तान्न सकिने ब्यवस्था मिलाइएको छ ।
पार्क निर्माणका लागि हालसम्म रु एक करोड ८ लाख ६७ हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्क निमार्णमा गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा रु २५ लाख, २०७६-०७७ मा रु २५ लाख र २०७७-७८ मा रु २१ लाख १२ हजार विनियोजन गरेको छ ।
उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीले श्रमदानसमेत गरेका छन् । त्यस्तै पार्कभित्रै दुईतले दुई हल भएको मङ्गला सङ्ग्रहालय भवन निर्माण गरिएको छ । दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको रु ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कूल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको ढुङ्गानाले बताए ।
सङ्ग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरातात्विक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका सीप, कला, संस्कृति तथा मौलिकता झल्किने महत्वपूर्ण सामग्री सङ्कलन गरेर राखिनेछ । त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ ।
मङ्गला गाउँपालिका–२ बाबियाचौर निवासी इन्द्रबहादुर अधिकारी र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलब्ध गराएको हो । म्याग्दी नदीको किनारमा रहेको चार रोपनी जग्गा इन्द्रबहादुरले गाउँपालिकालाई निःशुल्क रुपमा प्रदान गरेका हुन भने पाँच आना जग्गा सम्मरबहादुरले पालिकाबाट रु तीन लाख मात्रै लिएर सहयोगस्वरुप प्रदान गरेका थिए ।
दुई हजार १९१ दशमलव ९५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको पार्कमा निःशुल्क रुपमा जग्गा दान गर्ने इन्द्रबहादुरको अर्धकदको सालिक बनाउने तयारीसमेत भइरहेको गाउँपालिका अध्यक्ष रोकाले बताए । उनका अनुसार पार्कमा बालबालिका लागि आवश्यक सामग्री लिएर आकर्षक बालउद्यान समेत बनाउने योजना रहेको छ ।
हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले ती सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने जनाइएको छ । विशेषगरी पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मङ्गला पार्क रहनेछ । सङ्ग्रहालय मङ्गलाको संस्कृति र पहिचान झल्किने परम्परागत सामग्री अवलोकन गर्न पाउनु पार्कको अर्को विशेषता रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार