उपकरण जडान द्रुतरूपमा
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार १६:५७:२९
१५ बैशाख, रसुवा। उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ ।आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात् उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरत्र खटिएका छन् ।
भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत्गृहमा जडान हुने तीन टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ । गत पुसदेखि उक्त कम्पनीले उपकरण जडान थालेको हो ।एक सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ ।
दैनिक १२ घण्टा काम हुने गरेको छ । उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ । उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए ।विद्युत्गृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्याङ्कनले तोकेका समुदायमा आधारित कार्यसमेत सु–सम्पन्न गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
माघ ८, २०८१ मंगलबार
म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार