भिर छिचोलेर टोलटोलमै सडक निर्माण
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार १९:५५:५८
१५ वैशाख। बलेवा । भिरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो । उक्त भिर काटेर अहिले टोलटोलमा सडक पुगेको छ । बागलुङ नगरपालिका–११ को रायडाँडामा अहिले टोलटोलमै गाडी चढेर पुग्न सकिने भएको हो । जोखिम क्षेत्र भएकाले विशेष क्षेत्रमा सूचीकृत गरेर लगानी बढाउँदा रायडाँडाले विकासको गति लिएको हो ।
विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भिर फोडेर २० किमीभन्दा धेरै सडक सञ्जाल बनेको छ । त्यसमध्ये ११ किमी लामो पूर्व–पश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो । त्यसबाहेक चारवटा छोटा सडक बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ ।
मुकामसम्म पुग्ने सडकको ट्रयाकमात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो । बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयवासीले बताए । रामतोला, आफ्रे र सल्यानवासी चार घण्टा लगाएर सामान्य काममा वडा पुग्ने बाध्यता अहिले हटेको हो । गर्भवती, सुत्केरी र बुढापाका डोकोमा बोकिएर स्वास्थ्यचौकी आउने बाध्यता अहिले हटेको छ ।
भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत घरका मानिस सदरमुकाममा डेरा लिन्थे । गाडी चढेर दुई–तीन घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो । तर अहिले गाउँ पुग्ने सडक स्तरीय भएको छ । सदरमुकामबाट झण्डै ३० किमी दूरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो । मुख्य सडकमात्र नभई वडाका सबै टोलटोलमा बाटो पुगेको छ । जटिल भूगोल चिरेर गौरवको आयोजनाअन्र्तगत वडाभित्रै ११ किमी लामो छुट्टै सडक बनेको हो । यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा नं १ देखि ९ सम्मका सबै बस्ती जोड्छ । “यो सडकको ट्रयाक खुलेपछि हामीलाई बलेवा, जैमिनी नगरको कुश्मीसेरा र सदरमुकाम जता गएपछि बाटो खुल्यो”, रामतोलाका धनबहादुर हरिजनले तेजकुमारी क्षेत्रीले बताईन्। सडक सञ्जाल सबै टोलमा पुगेपछि उपचारमा निस्कनेदेखि विद्यार्थी र शिक्षकले पनि सहज यात्रा गर्न पाएको बताईन् । किसानले फलाएका उत्पादन बजार पठाउन पनि सकेकामा खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार